पैसा बाँडेको आरोपपछि काठमाडौंमा एमालेका प्रदेश उम्मेदवारलाई प्रहरीले नियन्त्रणमा लियो

पैसा बाँडेको आरोपपछि काठमाडौंमा एमालेका प्रदेश उम्मेदवारलाई प्रहरीले नियन्त्रणमा लियो

  • शुक्रबार, मंसिर २, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

मंसिर २, काठमाडौँ । मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लागेपछि काठमाडौं–५ को प्रदेशसभा ‘ख’का एमाले उम्मेदवार दीपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुढानीलकण्ठ नगरपालिका ६ को एक घरमा प्रवेश गरेका निरौलालाई पैसा बाँड्न लागेको भन्दै स्थानीयले घेरा हालेर प्रहरी बोलाई शुक्रबार राति जिम्मा लगाएका हुन् ।

निरौलासहित एमालेका बुढानीलकण्ठ नगर अध्यक्ष प्रदीप डंगोल र ६ नम्बर वडाका अध्यक्ष रवि खड्कालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भने स्थानीयको भीडले घेरा हालेपछि उद्धार गरी सुरक्षामा राखिएको दाबी गरेको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले भीडले घेरा हालेपछि दुई जनालाई उद्धार गरी प्रहरीको सुरक्षामा राखिएको जानकारी दिए । भीडले दुई जनामाथि पैसा बाँडेको आरोप लगाएको भन्दै उनले यस विषयमा अनुसन्धान भइरहेको बताए । अहिलेसम्म पैसा भने बरामद नभएको प्रहरीले जनाएको छ ।

उम्मेदवार निरौलाले आफू क्यान्सरका बिरामीलाई भेट्न गएको बेला पछ्याउँदै आएका केही व्यक्तिले निराधार आरोप लगाएको भन्दै प्रमाण ल्याउन चुनौती दिएका छन् । ुम क्यान्सर रोगबाट लामो समयदेखि पीडित बिरामी तोक्मान लामासँग कुराकानी गरिररहँदा अनावश्यक कुरा निकाली समाज आतंकित पार्ने कार्य नगरेको राम्रो हुन्छ । म राजनीतिक प्राणी हुँ । गैरराजनीतिक काम मेरो आदर्श हैन । मेरो चुनौती छ, मित्रहरु आरोप पुष्टि गर्नुस् । बरामद केही छ भने सप्रमाण आउनुस्,ु निरौलाले फेसबुकमा लेखेका छन् ।

प्रहरीले निरौलालगायतलाई बुढानीलकण्ठ प्रभागमा राखिएको जनाएको छ । स्थानीयहरूले भने उनको उम्मेदवारी खारेजीको माग गर्दै प्रभाग परिसरमा नाराबाजी गरिरहेका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार रातिदेखि नै मौन अवधि जारी छ । निर्वाचन आचारसंहिताअनुसार यस अवधिमा कुनै दल र उम्मेदवारको प्रचारप्रसार गर्न पाइँदैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ