रुपन्देही क्रिकेट संघद्वारा आचारसंहिता बिपरित उम्मेदवारलाई समर्थन

रुपन्देही क्रिकेट संघद्वारा आचारसंहिता बिपरित उम्मेदवारलाई समर्थन

  • शुक्रबार, मंसिर २, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

रूपन्देही ।  संस्थागत रुपमा कुनै पार्टीको पक्ष विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने भनिए पनि रुपन्देही प्रतिष्ठीत संस्था रुपन्देही क्रिकेट संघले निर्बाचन आचारसंहिता २०७९ बिपरित उम्मेदवारलाई समर्थन  गरेको छ ।

निर्बाचन आचारसंहिता २०७९ परिछेद २ सबैले पालना गर्नुपर्ने आचरणमा दफा ३ बमोजिम क मा सरकारी वा अर्धसरकारी निकाय वा सार्बजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तरगतको कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने, उल्लेख भए पनि यस्को विपरित संस्थाले कार्य गरेको छ ।

संघका अध्यक्ष हरि बहादुर थापाले नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण खांणलाई खादा लगाउदै गरेको अवस्थामा उनको निर्वाचन गतिविधी सहित आधिकारिक फोटोग्राफर पेज ब्लास्ट भिजनले सार्वजनिक गरेको छ । पेजको पोस्टमा भनिएको छ –रुपन्देही क्रिकेट संघले रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणलाई समर्थन गर्ने घोषणा गरेको छ ।  बिहीबार संघका अध्यक्ष हरि थापाले संघ र संघमा आवद्ध संघसंस्थाले निर्वाचनमा प्रतिनिधि सभामा खाणलाई समर्थन गर्ने घोषणा गर्नुभयो । अध्यक्ष थापाले रुपन्देहीमा क्रिकेट र समग्र खेलकुुदको विकासमा पुर्याएको योगदानको कदर गर्दै खाणलाई समर्थन गर्ने निर्णय गरेको भनि उल्लेख छ ।

संस्थागत रुपमा समर्थन गरेपछि अध्यक्ष प्रति पदाधिकारी र सदस्यहरुले समेत आलोचना गंरेका छन । विभिन्न दलसँग आस्था राख्नेहरु संघमा हुदाहुदै पनि यो निर्णय गलत भएको सदस्यहरुको भनाई छ ।

यता रूपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाले खाणलाई तपाई जस्तो विकास प्रेमी व्यक्ति आउनु पर्छ, हामीले पनि साथ र सहयोग गर्छौ भनि शुभकामना दिएको बताए । हामीसँग भेट्न खोज्नु भाएको थियो, गृहमन्त्रीको हैसियतले हामी संघमै बोलाएका थियौ । समय नभएपनि उहाकै भैरहवा स्थित क्वाटरमा गंएर सहयोग गर्छु भन्नु भएकोमा हामीले शुभकामना दिएको बताए । थापाले व्यक्तिगत रुपमा सहयोग, सहकार्य समर्थन गर्न पाउनुं पर्ने भएकोले सोही अनुसार नै गरेको हो । संस्थागत रुपमा केही संचारमाध्यममा नबुझी समाचार आएको छ । हाम्रो समर्थन सबैलाई हो  उम्मेदवारलाई तपाईं जस्तो आउन पर्छ भनेको हो त्यति बोल्दिन के फरक पर्छ । बाताबरण मात्रै मिलाइदिएको उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ