स्थानीय निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मत खसेका स्थल संवेदनशील, २२ पालिकाका ४२ वडा निगरानीमा

स्थानीय निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मत खसेका स्थल संवेदनशील, २२ पालिकाका ४२ वडा निगरानीमा

  • शुक्रबार, मंसिर २, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

मंसिर २, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा ९० प्रतिशत भन्दा बढी मत खसेका स्थललाई संवेदनशील मानेर निर्वाचन आयोगले विशेष निगरानी गर्ने भएको छ ।
स्थानीय तहको निर्वाचनमा औसत ७० दशमलव ९६ प्रतिशत मतदान हुँदा २२ पालिकाका ४२ वडामा ९० प्रतिशतभन्दा बढी मत खसेको थियो । ती वडाका मतदानस्थल संवेदनशीलको सूचीमा परेका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले पाँचथरको हिलिहाङ गाउँपालिकाका वडा १ देखि ७ का मतदानस्थललाई सबैभन्दा बढी संवेदनशील मानेको छ । स्थानीय तहको निर्वाचनमा त्यहाँका अधिकांश वडामा शतप्रतिशत मत खसेको थियो ।
प्रायः सधैं बुथ कब्जा हुने गरेको दोलखाको बैतेश्वरलाई पनि आयोगले निगरानीको सूचीमा राखेको छ । स्थानीय तहको निर्वाचनमा बैतेश्वर–१ मा ९९ दशमलव ६५ प्रतिशत मत खसेको थियो । नुवाकोटको बेलकोटगढी–१० पनि संवेदनशील सूचीमा परेको छ ।

संवेदनशील मतदानस्थलमा बाजुराको गौमुल–१ लाई पनि राखिएको छ । गत स्थानीय निर्वाचनमा त्यहाँ ९८.८८ प्रतिशत मत खसेको थियो ।
बाजुराकै त्रिवेणी नगरपालिकाका वडा ५ र ७ तथा बुढीनन्दा नगरपालिका–१०, अछामको कमलबजार नगरपालिका–२, बझाङको साइपाल गाउँपालिका–१, २ र ५ पनि संवेदनशीलमा परेका छन् । ९७ प्रतिशतसम्म मतदान गरिएका डोल्पाको ठूलीभेरी नगरपालिकाका वडा २, ५, १० र ११ पनि आयोगको निगरानीमा परेका छन् । डोल्पाकै जगदुल्ला गाउँपालिकामा ९० देखि ९५ प्रतिशतसम्म मत खसेको थियो । त्रिपुरासुन्दरी नगरपालिकाका ५, ७, १० र ११, मुडकेचुला गाउँपालिका–५ मा पनि ९० प्रतिशतभन्दा बढी मतदान भएको थियो । आयोगले यी वडालाई पनि निगरानी गर्ने भएको छ । मुगुको छायानाथ रारा नगरपालिकाका वडा ८, ९ र १४ पनि आयोगको निगरानीमा पर्ने भएका छन् । मुगुकै मुगुम कर्मारोग गाउँपालिका–९ र सोरु गाउँपालिका–५ पनि अस्वाभाविक मतदान भएको थियो ।

मधेस प्रदेशमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८ मा ९५ प्रतिशत मतदान भएको थियो । रौतहटको मौलापुर नगरपालिका–३ मा पनि ९० प्रतिशतभन्दा बढी मतदान भएको ठाउँमा पर्छ । वीरगन्ज महानगरपालिका–६ मा ९८ प्रतिशत मतदान भएको थियो । यस्तै, हुम्लाको चंखेली गाउँपालिका–३, सिमकोट गाउँपालिका–१ र ८ मा पनि अस्वाभाविक मतदान भएको आयोगले जनाएको छ । दार्चुलाको अपिहिमाल–५ पनि आयोगको विशेष निगरानीमा परेको छ ।

प्रवक्ता पौडेलका अनुसार आयोगले संवदेनशील मतदानस्थललाई विशेष निगरानी गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिइसकेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ९० प्रतिशतभन्दा बढी मतदान भएका ठाउँमा कर्मचारीको पनि निगरानी भइरहेको जानकारी दिए । ‘त्यसबेलाकै कर्मचारी अहिले पनि खटिएका हुन सक्ने भएकाले उनीहरूको निगरानी गरिरहेको र केही मतदानस्थलमा आयोगका पदाधिकारी नै खटिने उनले बताए ।

अस्वाभाविक मतदान भएको मतदान स्थलको अनुगमन गर्न आयोगका पदाधिकारी नै जाने भएका छन् । अस्वाभाविक मत खसेको स्थानमा हेलिकोप्टरबाट पनि अनुगमन गर्ने तयारी भइरहेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । आयोगले गृह मन्त्रालयलाई अस्वाभाविक मत खसेको ठाउँमा सुरक्षा व्यवस्था थप कडा पार्न निर्देशनसमेत दिएको उनले बताए ।

स्थानीय निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मतदान भएका ठाउँ

पाँचथर
हिलिहाङ गाउँपालिका १–७

सप्तरी
हनुमाननगर कंकालिनी नगरपालिका–८

रौतहट
मौलापुर नगरपालिका–३

पर्सा
वीरगन्ज महानगरपालिका–६

दोलखा
बैतेश्वर गाउँपालिका–१

नुवाकोट
बेलकोटगढी–१०

डोल्पा
जगदुल्ला गाउँपालिका–३, ६
ठूलीभेरी नगरपालिका–२, ५, १०, ११
त्रिपुरासुन्दरी नगरपालिका–५, ७, १०, ११
मुड्केचुला गाउँपालिका–५

मुगु
छायानाथ रारा नगरपालिका–८, ९, १४
मुगुम कार्मारोग गाउँपालिका–९
सोरु गाउँपालिका–५, ७

हुम्ला
चंखेली गाउँपालिका–३
सिमकोट गाउँपालिका–१, ८

सुर्खेत
गुर्भाकोट नगरपालिका–१

बाजुरा
गौमुल गाउँपालिका–१
त्रिवेणी नगरपालिका–५, ७
बुढीनन्दा–१०

अछाम
कमलबजार नगरपालिका–२

बझाङ
साइपाल गाउँपालिका–१, २, ५

दार्चुला
अपिहिमाल–५

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ