भैरहवामा सडक कब्जा गरेर आमसभा (फोटोफिचर)

भैरहवामा सडक कब्जा गरेर आमसभा (फोटोफिचर)

  • बिहिबार, मंसिर १, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

भैरहवा, १ मंसिर। 

भैरहवाको सडक नै कब्जा गरी मुख्य प्रतिस्पर्धीले बिहीबार आमसभा गरेका छन् । पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका बालकृष्ण खाण र तीनदलीय तालमेलबाट सोही पदका लागि राप्रपाबाट उम्मेदवार बनेका दीपक बोहराले भैरहवा बजारको सडक पूरा रूपमा अवरुद्ध गरी आमसभा गरेका हुन् ।

चुनवी प्रचार प्रसार तथा आमसभागर्ने अन्तिम दिन आएर दुई मुख्य प्रतिस्पर्धीले एकै दिन केही घण्टाको अन्तरालमा आम सभा गरेका छन्। बहालवाला गृहमन्त्रीसमेत रहेका गठबन्धनका उम्मेदवार खाणको आमसभा मैत्री पथको फुटपाथमा मंच बनाएपनि मिलचोकबाट सर्वसाधारणको गाडी आवजावतमा रोक लगाइएको थियो । प्रहरी र म्यादीले सडकमा संजाल नै बनाई प्रवेश रोकेका थिए । केही सिमित गाडीलाई मात्रै इन्ट्री दिएर भित्र राखिएको थियो ।

यस्तै वरिष्ठ नेता बोहराको आमसभा बम्रेलीटोल मा रखिएको थियो । आकस्मिक आवगमनका लागि केही ठाँउ छुटयाएर आमसभा गरे पनि नारायण पथ सम्मको सडक भिडभाडले कब्जा नै भएको थियो ।

सांगितिक कार्यक्रम सहितको आमसभा केन्द्रिय र जिल्ला स्तरका नेताहरू उपस्थित भएपनि आचारसंहिताको कुरा कसैले उठान गरेका थिएनन् । भातृ संगठन  र कार्यकर्ताले पूर्णरुपमा सडक बन्द गरेका थिए । करिब तीन घण्टासम्म चलेकोसो सभा निर्वाचन आचारसंहिता विपरित भए पनि कसैले रोकेको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ