उम्मेद्धार घर घरमा पुगेपनि तेह्रथुमका मतदातामा छैन उत्साह

उम्मेद्धार घर घरमा पुगेपनि तेह्रथुमका मतदातामा छैन उत्साह

  • आइतवार, कार्तिक २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

तेह्रथुम २० कात्तिक । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवार गाउँ गाउँ पुगेका छन् । तेह्रथुम गाउँ गाउँमा उम्मेदवारहरू पुगे पनि यसपटक विगतको जस्तो मतदाताहरूमा उत्साह देखिएको छैन । दलहरुले आयोजना गर्ने चुवानी भेटघाट कार्यक्रममा पनि उनीहरूको सहभागिता उत्साहजनक छैन ।

जिल्ला सदरमुकाम मै पनि निर्वाचनप्रति मतदाताहरूको उत्साह कम भएको छ । निर्वाचनमा मात्रै गाउँ पुग्ने निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरू गाउँ नफर्किने गरेको नागरिकहरूले गुनासो पोख्ने गरेका छन् । ‘नेता भोट माग्न मात्रै गाउँ आउँछन्, भोट सकेपछि फर्किर हेर्दैनन्,’ लालीगुराँस नगरपालिकाका पञ्चकुमारी लिम्बूले भनिन् ।

लिम्बू जस्तै म्याङलुङ नगरपालिकाकी मनमाया मचकोटीलाई पनि उम्मेदवारले नागरिकहरूको समस्या नबुझेको बताइन् । विगतमा उम्मेदवारहरूले गरेको प्रतिबद्धताहरू पूरा नगर्ने र निर्वाचन आउँदा मात्रै गाउँ आउने गरेको नागरिकहरूको गुनासो छ । गाउँ गाउँमा अझै खानेपानी, स्वास्थ्य, शिक्षा, सडक, कृषि तथा पशुपालन व्यवसायमा समस्या भोग्दै आएका छन् । विगतका सरकारले नागरिकहरूको समस्याहरुलाई समाधान गर्न नसक्दा मतदाताहरूलाई निर्वाचनमा उत्साह छैन । दलका नेतृत्व र उम्मेदवार गाउँ गाउँमा पुग्दा आफ्ना समस्याहरु नागरिकहरूले सुनाउने गरेका छन् ।

तेह्रथुममा यसपटक नेकपा एमाले र सत्ता गठबन्धन दल मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । गत निर्वाचनमा वाम गठबन्धनको साथ हुँदा दुवै प्रदेशसभा र प्रतिनिधिसभा एमालेले जितेको थियो । एमाले अहिले आफ्नो विरासत जोगाउने होडमा छ भने सत्ता गठबन्धन यसपटक प्रदेशसभा र प्रतिनिधि सभा जित्ने दाउमा छ ।

गठबन्धनले प्रतिनिधिसभामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सीता गुरुङलाई साझा उम्मेदवारको रुपमा सारेको छ । त्यस्तै प्रदेशसभा क मा नेपाली कांग्रेसका युवा नेता सन्तोष सुब्बा र प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंलाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेले प्रतिनधिनिसभामा डा। विजय सुब्बालाई उम्मेदवार बनाएको छ । त्यस्तै प्रदेशसभा क मा किशोरचन्द्र दुलाल र प्रदेशसभा ख मा तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ ।

२ नगरपालिका र ४ गाउँपालिका रहेको तेह्रथुममा ७२ हजार ८९५ कुल मतदाता रहेकाजिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी