बिरगंज १७ कार्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिदै जाँदा मधेश प्रदेश अन्तरगतको बीरगंजमा भने तस्करीका घटना बढेका छन् । राजनीतिक दल तथा उम्मेद्धारहरु चुनावी प्रचारप्रसािरमा व्यस्त हुन थालेका छन् । सुरक्षा निकाय पनि चुनाव केन्द्रित बन्दै गएको छ । यहि मौका छोपेर वीरगन्जबाट भने खुलेयाम रुपमा तस्करी भईरहेको छ । सीमामा सुरक्षाको जिम्मा पाएर बसेको सुरक्षा निकाय समेत यसमा संलग्न रहेको पाईएको छ ।
राजश्व चुहावट नियन्त्रणको मुख्य जिम्मा लिएको सशस्त्र प्रहरीलेकै संलग्नतामा खुलेयाम तस्करी गराईरहेको भेटिएको हो । अलौं स्थित रहेको एकिकृत जाँच चौकी भंसारबाट भंसार कर्मचारीले नै तस्करीको कपडा लोड गरेको ना ७ ख ८१५२ नम्बरको ट्रक नियन्त्रणमा लिएपछि भंसार बाट नै खुलेयाम तस्करी भईरहेको खुलासा भएको हो ।
चुनावमा पुरै देश नै होमिएको अवस्थामा त्यसको मौकाको फाईदा उठाउँदै वीरगन्जको नाकाहरुबाट खुलेयाम राजश्व चुहावट हुने काम भईरहेको गुनासो आएको अवस्थामा ट्रक नै कर्मचारीले नियन्त्रणमा लिएका छन् ।
राजश्व चुहावट नरोकिएपछि साउँन महिना देखि निरन्तर राजश्व असुली प्रभावित भएको छ । वीरगन्ज भंसार कार्यालयले राजश्वको लक्ष्य पुरा गर्न सकिरहेको छैन ।
भारतबाट भित्रियाईएको लाखौं मुख्य बराबरको कुर्ता सुरुवाल, मंहगा साडी, सटिङ्ग सुटिङ्ग, रुबिया लगायतको कपडा भंसार चेकजाँच नै नगरी उक्त तस्करीको समान लोड गरेको ट्रक भंसार बाहिर निकाल्न खोजेपछि भंसार कर्मचारीले सूचनाको आधारमा पक्राउ गरी अनुसन्धान गरीरहेको छ ।

वीरगन्ज भंसार कार्यालयका प्रवक्ता दिल्लीराम सुवेदी अनुसार सूचनाको आधारमा गत १० गते, नोभेम्बर २७ तारिखको दिन तस्करीको कपडा सहित उक्त ट्रक सूचनाको आधारमा भंसार कर्मचारीले नै नियन्त्रणमा लिएको हो । कात्तिक ६ गते, (३ नोभेम्बर) मा गेट पास भई भारतबाट भंसार कार्यालयमा त्रिभिएको थियो ।
(२७ नोभेम्बर) अर्थात कात्र्तिक १० गते उक्त तस्करीको कपडा बोकेको ट्रक चेकजाँच नै नगरी एकिकृत जाँच चौकी बाहिर निस्कन लागेको सूचना आएपछि समान सहित नियन्त्रणमा लिएको ट्रक आज बिहान मात्र वीरगन्ज भंसार कार्यालयमा बुझाईएको प्रवक्ता सुवेदीले बताए ।
एकिकृत जाँच चौकीको राजश्व चुहावट नियन्त्रण तथा सुरक्षाको लागि खटिएको सशस्त्र प्रहरीकै मिलोमतोका उक्त तस्करी हुन सकेको आशंका गरिएको छ । यसमा सशस्त्र प्रहरीको डिआईजी गणेश ठारामगरको समेत संलग्नता रहेको श्रोतको दावी छ ।

वीरगन्जका नामुद तस्कर मदन रुन्चेको उक्त तस्करीको ट्रक रहेको जनाएपनि आधिकारीक पुष्टी हुन सकेको छैन । रुन्चे वीरगन्ज देखि काठमाण्डौ सम्म सुरक्षा निकायलाई आर्थिक प्रलोभनमा पारेर राखेका रुन्चेको उक्त तस्करीको ट्रक छुटाउँन डिआईजी समेत लागेको श्रोतले जनाएको छ ।
कात्र्तिक १० गते पक्राउ परेपनि उक्त ट्रक कात्र्तिक १६ गतेसम्म एकिकृत जाँच चौकी आसपासमा राखिएको थियो । भंसारकै केहि अधिकृतहरुलाई मिलाई उक्त तस्करीको समान बोकेको ट्रक सशस्त्र प्रहरीले छुटाउँने प्रयास गरेको थियो । लेनदेनको सहमती नभएपछि थप कारवाहीको लागि आज बिहान उक्त ट्रक वीरगन्ज भंसार कार्यालयको मुद्दा शाखामा बुझाईएको छ ।
भंसार कार्यालयका प्रवक्ता सुवेदी अनुसार, पक्राउ गरिएको ट्रक मुद्दा शाखाका बुझाईएको छ, थप अनुसन्धान गर्ने काम भईरहेको छ । उनले भने, भंसारमा बुझाईएको ट्रक र समान धनीको पत्ता लगाउँने काम भईरहेको छ, भेटिएन भने ट्रक सहित समान जफत हुन्छ ।

श्रोत अनुसार उक्त ट्रक मदन गुप्ता (रुन्चे) को रहेको जनाईए पनि आधिकारीक पुष्टी हुन बाँकी रहेको छ । श्रोत अनुसार रुन्चेले भारतबाट तस्करीको समान नेपाल भित्रियाउँनु अघि नै बिल्टी र समानको संख्या अनुसार पहिला नै पान र भ्याट बिल काटेर तयार गरेर राखेका हुन्छ । नेपाल प्रवेश गरे लगतै उक्त पान र भ्याट बिलकै आधारमा प्रहरीकै सुरक्षामा तस्करीको समान ढुवानी हुन्छ ।
रुन्चेकै रामगढवा स्थित ट्रान्सपोर्टबाट ३ वटा तस्करीको कपडा लोड गरेको ट्रक नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीलाई महिनावारी नबुझाएपछि उक्त तस्करीको समान सहित तीन वटै ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिई राजश्व कार्यालय पथलैया बुझाएको थियो ।
