एजेन्सी कार्तिक ९ । फेब्रुअरी २४ बाट रुसले युक्रेनमा सैन्य अप्रेशन शुरु गरेपछि लगत्तै अमेरीका र युरोपेली युनियनले रुसमाथि प्रतिवन्ध लगायो । २०१४ को मैदान क्रान्तिमै अमेरीकाको प्रत्यक्ष संलग्नता थियो । जसले रुस समर्थित सरकार हटाएर त्यो विद्रोह मार्फत अमेरीका समर्थित सरकार बन्यो ।
त्यस समयदेखि नै अमेरीकाले युक्रेनमा लगातार रुस बिरोधी गतिविधि बढाउदै आएको थियो ।
अहिले पनि अर्बौ डलर, हतियार, मिसाईल, तालिम, ड्रोन, दिईरहेको छ । नेटो सदस्य युरोपेली देशहरुले पनि अमेरीका जस्तै हतियार र पैसा दिईरहेका छन् ।
रुसमाथि प्रतिवन्धका कारण यूरोपमा उर्जा संकट गहिरिएको छ । सामान्य मात्रामा आपुर्ति भए पनि पर्याप्त भएको छैन । जर्मनी, ईटाली, फ्रान्स जस्ता देशमा ठूला उद्योगहरु संकटमा पर्दै गएका छन्, मुल्यवृद्धि बढेकाले मानिसहरु सडकमै आएर सरकार बिरुद्ध प्रदर्शनहरु गर्न थालिसकेका छन् ।
यूरोपको ग्यासको सबै भन्दा ठूलो स्रोत रुस हो । रुसमाथि नै प्रतिवन्ध लगाएपछि उसले सजिलै पर्याप्त ग्यास ल्याउन सकेको छैन ।
यही पृष्टभूमिमा अब अमेरीकाले रुसी ग्यासको विकल्पमा आफूले ग्यास बेच्ने तयारी गरेको छ ।
रुसको भन्दा चार गुणा महंगो अमेरीकी ग्यास पर्ने अनुमान भईरहेको छ । यस्तो महंगो ग्यासले युरोपलाई ठूलो व्ययभार पर्ने निश्चित छ । रुससँग युद्ध लम्ब्याएर भरसक नेटोसँगै प्रत्यक्ष युद्ध गराएर अमेरीका ग्यास बेच्ने दाउमा देखिन्छ । यो यूरोपको लागि अमेरीकी ग्यास ट्रयाप हुनेछ । यसको पृष्टभूमिमै रुसबाट जर्मनी जोडिएको नर्ड स्ट्रीम ग्यास पाईपलाईनमा अघोषित शक्तिले विष्फोट गराएर क्षति पुर्याएको छ ।
तर यो योजनाको यूरोप भित्र प्रसस्त विरोध हुने देखिन्छ । हंगेरी अहिले पनि युरोपेली युनियनसँग प्रतिवन्धमा जोडिएको छैन ।
यूरोपले अफ्रिकाबाट पनि प्राकृतिक ग्यास ल्याउने विकल्प छ । तर अफ्रिकासँग युरोपको सम्बन्ध पछिल्लो समय घटेको छ र रुस अफ्रिका चीन सम्बन्ध बलियो बन्दै गएको छ ।
यी सबका बाबजुद अमेरीकी कम्पनीहरुले महंगोमा बेच्ने ग्यास किन्न युरोप बाध्य हुन सक्नेछ । यो जाडो यामका लागि यूरोपभरी दाउराको प्रयोग ब्यापक बढ्न थालेको देखिन्छ । अमेरीकाले रुससँग सुरक्षा खतराको नाममा यूरोपलाई अझै नाटोको नाममा पिछलग्गु बनाईरहने र बजारका हिशाबले यूरोपमा हिस्सा बढाउने खेलबाट यूरोपेली नागरिकलाई घाटा र अमेरीकालाई नाफा हुने देखिन्छ ।
धेरै विज्ञहरुले युरोपमा रुसी ग्यासको विकल्पहरु महंगो र कठिन विकल्पको रुपमा विष्लेषण गर्दै आएका छन् । यसको लागि यूरोपले रुससँग युद्ध रोक्ने, सम्बन्ध सुधार गर्नै पर्ने हुन्छ ।