महानगरले ठेला खोसेर पीडित बनेकी शर्मिला तामाङको कान्तिपुर डेन्टल कलेज तथा जनरल हस्पिटलद्धारा निशुल्क उपचार

महानगरले ठेला खोसेर पीडित बनेकी शर्मिला तामाङको कान्तिपुर डेन्टल कलेज तथा जनरल हस्पिटलद्धारा निशुल्क उपचार

  • सोमवार, कार्तिक ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

कार्तिक ७ काठमाण्डौँ । दुई साता अघि काठमाडौँ महानगरपालिकाबाट खटिएको नगर प्रहरीको टोलीले थापाथली क्षेत्रबाट पानीपुरी र चटपटे बेच्दै गरेको एउटा ठेला गाडा उठायो । तर ठेलागाडा नियन्त्रण लिने क्रममा निकै नै हृदयविदारक दृश्य देखिएको थियो ।
ठेला गाडामा चटपटे र पानीपुरी बेच्ने गरेकी लमजुङकी सर्मिला तामाङ (३४) ले नगरप्रहरीसंग ठेलागाडा नलगिदिन निकै अनुनय विनय गरेकी थिईन् । उनले प्रहरीसंग रुदै भनेकी थिईन, ‘मेरो दायाँ हात भाँचिएर स्टिल राखिएको छ । मैले आफ्नो उपचारका लागि, पाखुरामा राखिएको स्टिल झिक्नका लागि र घर परिवार पाल्नका लागि यो सानो व्यवसाय थालेकी थिएँ ।

यो ठेलागाडा पनि विदेशमा बस्ने नेपालीको सहयोगमा प्राप्त भएको हो । बरु यहाँ यसरी ठेलामा व्यापार गर्न पाईदैन भनेर भनेको भए हुन्थ्यो म आउँदिनथे ।’
ठेलागाडा समाएर रोएको त्यो दृश्यले धेरैको मन छोयो । त्यसमध्येका एक थिए डा. बुद्धिमान श्रेष्ठ ।
कान्तिपुर डेन्टल कलेज तथा जनरल हस्टिलका सञ्चालक समेत रहेका डा. श्रेष्ठले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै लेखिदिए, यो बैनीलाई म सहयोग गर्न तयार छु, केडीसी अस्पताल बसुन्धारा काठमाडौँले हातको स्टिल निकाल्न सहयोग गर्न तयार छ ।
घोषणा गरेको दश दिनमै डा. श्रेष्ठले प्रतिवद्धता पुरा गरेका छन् । गत विहीबार केडीसी अस्पताल आएर भर्ना भएकी तामाङको शुक्रबार शल्यक्रिया गरी हातको स्टील निकालिएको छ ।
अर्थोपेडिक सर्जन डा सविन पोखरेल नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको हो । अस्पतालका प्रशासन प्रमुख रोजिका प्रधानले तामाङको शल्यक्रिया सफल भएको र सोमबारसम्म डिस्चार्ज गर्ने तयारी भएको जानकारी दिईन् ।
अस्पतालमा उपचाररत तामाङले केडीसीले आफूलाई निकै ठूलो गुण लगाएको प्रतिक्रिया दिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी