असोज ३० काठमाण्डौँ । विश्वले नजिकबाट नियालीरहेको चीनीय कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशन बेईजिङमा भव्यताका साथ उद्घाटन भएको छ । किशानदेखि सेना सम्म र कम्युनिष्ट पार्टीका देशभरका करीब ३ हजार प्रतिनिधि पर्यवेक्षक यो महाधिवेशनमा सहभागी छन् ।
यस महाधिवेशनमा चीनको विकास, आगामी रणनीति समेटिएको रिपोर्ट कार्ड वितरण गरिएको छ ।
यो महाधिवेशनको पार्टीको र देशको नयाँ नेतृत्व छनौट गर्दै आगामी पाँच वर्षे रणनीति तय गर्नेछ ।
यस अघि संसोधित संविधान अनुसार माओत्सेतुङ पति पहिलो पटक सि जिन पिङ १० वर्ष भन्दा बढी अवधिका लागि पुनः राष्ट्रपति बन्दैछन् । यो अक्टोबर २२ मा घोषणा हुने संभावना छ ।
आज उद्घाटन समारोहमा सि ले ताईवानलाई एकीकरण गरी छाड्ने, हङकङको अराजकता र अस्थीरता समाप्त पारेको, जनताको श्वास्थ्यलाई ध्यान दिएर जिरो कोभिड नीति अवलम्वन गरेको जस्ता कुरामा जोड दिएका थिए ।
उनले ताईवानमा विदेशी हस्तक्षेप स्वीकार्य नहुने दोहोर्याउदै सो भूमि चीनको अभिन्न अंग भएको स्पष्ट पारेका छन् ।
चीनको अर्थतन्त्रको व्यापक वृद्धि, गरीबी बिरुद्धको युद्धमा जीत, विश्वव्यापी रुपमा आएको परिवर्तनलाई आत्मसात गर्दै चीन अघि बढीरहेको र आगामी रणनीति सजिलै पूरा गर्ने उनको विस्वास छ ।
चीनका नयाँ चूनौतीहरु
पश्चिमा देशहरुसँगको तनावका कारण अर्थतन्त्रमा परेको दबाब,
जिरो कोभिड नीतिमा हुन नसकेको सफलता,
उईगुर मुसलमानको मानवअधिकार भन्दै पश्चिमाहरुले उठाईरहेका प्रश्न,
पर्यावरण असन्तुलन,
आयमा बढ्दो असमानता
साउथ चाईना सीमा अमेरीका, जापानसँगको तनाव
भारतसँगको सीमा विवाद
ताईवान एकीकरणको चूनौती
जस्ता चूनौतीहरु अहिले चीनका सामु छ ।
चीनले आगामी सन् २०३५ सम्ममा प्रतिव्यक्ति आए २० हजार डलर पुर्याउने लक्ष्य लिएको छ । जसका लागि उसले अहिलेको भन्दा ठूलो आर्थिक फड्को मार्नु पर्नेछ । अमेरीकासँगको तनावका यही बेला चीनमा रहेको एप्पल जस्ता ठूला कम्पनीहरु बाहिरिएका छन् । बेरोजगारी बढ्न सक्ने स्थिति छ ।
यो बेला चीनले आगामी रणनीति कस्तो बनाउछ र कसरी अघि बढ्छ ? त्यो चासोको बिषय छ ।
चीनले अहिले विश्वव्यापी रुपमा ठूलो धनराशी लगानी गरेको छ । गरीब देशहरुमाथिको कर्जालाई पश्चिमाहरुले रिणको पासो भन्दै आएका छन् । यसलाई खण्डन गर्नु पर्ने आवस्यकता चीनको छ ।
१० वर्षमा ६९ देशको आधिकारीक भ्रमण गरेका सि जिन पिङले विश्व व्यापी रुपमा पार्टीगत सम्बन्ध विस्तारमा पनि जोड दिँदै १६० देशका पार्टीहरुसँग सम्बन्ध मजबुत बनाएको छ । १८० देशसँग चीनको कुटनीतिक सम्बन्ध छ । पछिल्लो महत्वकांक्षी परियोजना बिआरआई अन्तर्गत पनि ६० बढी देशहरु आवद्ध भएका छन् । यो परियोजना पूरा गर्न पनि चीनलाई निकै ठूलो चूनौती छ ।
अब फेरी राष्ट्रपतिमा चुनिनु अघि चीनले आफ्नो नयाँ रणनीतिलाई नयाँ मार्च ( अभियान ) को रुपमा परिभाषित गरेको छ । जस अन्तर्गत २०४९ सम्ममा चीनलाई महान आधुनिक समाजवादी देश बनाउने जसमा समृद्धि, प्रजातान्त्रिक, शक्तिशाली, सांस्कृतिक रुपमा अग्रगामी हुने भनिएको छ । २०४९ नयाँ चीन स्थापना भएको एक शताव्दी पूरा हुने भएकाले चीनले यसलाई दीर्घकालीन रणनीति बनाएको छ ।