चितवनमा हार्ने डरले कि ऐतिहासिक ठाँउबाट जित्ने रहरले प्रचण्ड गोरखा गए ?

चितवनमा हार्ने डरले कि ऐतिहासिक ठाँउबाट जित्ने रहरले प्रचण्ड गोरखा गए ?

  • शनिबार, अशोज २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

असोज २९ काठमाण्डौँ । प्रचण्डको लागि गोरखा चुनाव बाहेक अन्य हिशाबले नौलो छैन । शिक्षक भएर गाँउमा कुसल शिक्षकको रुपमा अध्यापन गराएको, मशाल बाल्ने देखि आन्दोलनको शिक्षा त्यही गोरखाबाट लिएको, जनयुद्ध थाल्ने निर्णय त्यही गोरखाबाट भएको, प्रचण्डले लडाकु तालिम लिएको त्यही गोरखा हो ।

अत चुनाव लड्नु बाहेक राजनीतिक हिशाबले पनि प्रचण्डका लागि गोरखा नयाँ भने हैन । तर उनले पटक पटक चितवन तीन बाटै लड्ने अन्तिम सम्म बताईरहेका प्रचण्ड अचानक गोरखा पुगेपछि सामाजिक सञ्जालमा भागेको, हार्छु भन्ने डरले भागेको भन्ने टिप्पणीहरु भए ।

घुम्दै पटक पटक फरक फरक ठाँउबाट चुनाव लड्नेमा प्रचण्डले उनकै शब्दमा शायद रेकर्ड बनाएको छ । उनी ६४ सालमा रोल्पा र काठमाण्डौँ १० बाट निर्वाचित भए ।

७० सालमा सिराहा ४ र काठमाण्डौँ १० मै लडे पनि काठमाण्डौमा पराजीत भए ।

त्यसपछि ७४ मा उनी चितवन ३ बाट निर्वाचित भएका थिए । सो क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल प्रचण्डको चुनावी कमाण्डर समेत तोकिसकिएकी थिईन् ।

चितवनमा विकास बजेट र कार्यक्रम अत्याधिक पारेका प्रचण्डलाई उनकै शब्दमा काँग्रेस एमालेका नेता, जनप्रतिनिधि सबैले पटक पटक चितवन नछाड्न आग्रह गरेका थिए । त्यसैले उनी हार्ने डरले हैन, ऐतिहासिक गोरखामा पनि धेरै माग भएकाले त्यता गएका हुन् ।

चितवनमा दुई वटा त्रास भने थियो । एउटा जगन्नाथ पौडेल, दिनेश कोईराला जस्ता काँग्रेस भित्रका बागी, एमालेले राप्रपा वा बागीलाई समर्थन गरे मतका हिशाबले तेस्रो स्थानमा रहेको माओवादीलाई चितवन ३ कठिन पनि हुन सक्थ्यो । तर पछिल्लो स्थानीय चुनावमा रेणु दाहालको जीतले तेस्रो हुँदा पनि जनताको माया पाँउदा जीत्न सकिन्छ भन्ने नजिर थियो ।

तर त्यो गज्यागं गुजुगं भन्दा अलि सहज गोरखा प्रचण्डले ठान्नुको अर्को कारण हो परानो सहकर्मि डा. बाबुराम भट्टराई फेरी माओवादीको झण्डा मुनि गोलवद्ध हुनु पनि हो ।
बाबुराम भट्टराईसँग प्रचण्डको ईन्टिमेसी बढेसँगै उनकै प्रस्तावमा गोरखा छनौट भएको बुझाई पनि माओवादी भित्र छ । एक त गोरखामा स्थानीय चुनाव पछि माओवादी आफै पहिलो शक्तिका रुपमा छ । त्यसमा बाबुराम भट्टराई पनि मिसिदाँ लगभग जित निश्चित छ ।

बाबुरामले गोरखामा गुण लगाउदा काठमाण्डौ ७ मा मानुषीलाई आधिकारीक टिकट दिएर प्रचण्डले गुण फिर्ता गरेका छन् । भट्टराई पक्षका पाँच नेतालाई समानुपातिक सूचीमा पनि प्रचण्डले नाम समावेश गरिदिएका छन् ।

चुनाव पछि पार्टीको कार्यविभाजन मिलाएर बाबुराम र प्रचण्डबीच बलियो एकता हुने संभावना पनि छ । त्यो परिणामका लागि अहिले आधार बनाउन पनि प्रचण्ड गोरखा भएको अनुमान गरिएको छ ।

जे भए पनि काँग्रेसको साथ, बाबुराममाथिको भरोसा र आफ्नै पार्टीको बलियो शक्ति रहेका कारण प्रचण्ड निर्धक्क निर्वाचित हुने मनशायमा देखिएका छन् ।

अर्कोतिर जनमोर्चाबाट एकीकरण मार्फत आएका नारायणकाजी श्रेष्ठ पनि गोरखाकै भएको र भट्टराई र श्रेष्ठको बलियो साथ रहेकाले प्रचण्ड खुसी र निर्धक्क देखिन्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी