दुई सातामा खाद्यवस्तुको मूल्यवृद्धि ३३ प्रतिशतसम्म !

दुई सातामा खाद्यवस्तुको मूल्यवृद्धि ३३ प्रतिशतसम्म !

  • शनिबार, अशोज १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ, १५ असोज ।
हिन्दु नेपालीहरुको चार्ड वडादशैं नजिकिएसँगै खाध्यवस्तुमा भारी मूल्य बृद्धि भएको छ । पछिल्लो दुई सातामा मात्रै ३३ प्रतिशत मूल्यबृद्धि भएको देखिएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चले गरेको सर्वेक्षणमा पछिल्लो दुई सातामा ३३ प्रतिशतसम्म मूल्य बढेको पाइएको छ । ‘भदौको इन्डिकेटर लिएर असन, बानेश्वर, कलंकी र बालाजु क्षेत्रको मूल्य संकलन र विश्लेषण गर्दा अत्यधिक मूल्यवृद्धि भएको देखियो,’ मञ्चका अध्यक्ष ज्योति बानियाँ भन्छन्, ‘सरकारी अनुगमन खुद्रामा मात्रै केन्द्रित भयो ।’

मञ्चका अनुसार दुई साताअघि २० किलोलाई १३ सय रुपैयाँ पर्ने सोना मन्सुली चामल अहिले १६ सय ५० छ भने पोखरेली चामल १८ सयबाट बढेर १९ सय रुपैयाँ पुगेको छ ।

किलोको १ सय ७० रुपैयाँ पर्ने केराउको मूल्य बढेर २ सय, १ सय २० रुपैयाँ पर्ने ताइचिन चिउरा बढेर १ सय ४०, आँटा ६० रुपैयाँबाट बढेर ८० रुपैयाँ पुगेको छ । प्रतिलिटर २ सय ८५ रुपैयाँ पर्ने सूर्यमुखी तेल ३ सय, तोरीको तेल ३ सय ७० बाट बढेर ३ सय ९०, भटमासको तेल २ सय ५० बाट २ सय ६० रुपैयाँ पुगेको छ । ‘संयुक्त बजार अनुगमन समेत प्रभावकारी छैन । बानीया भन्छन्, अनुगमन उपस्थिति देखाउनलाई मात्रै भयो,अनुगमन भए पनि बजारमा सुधार छैन, व्यापारी सच्चिएका छैनन् ।’

कतिपय खुद्रा व्यवसायी अहिले बजारमा ठुला व्यापारीहरुले मनपरी मूल्य बढाउन थालेको आरोप लगाउँछन्। साथै केही खाद्यवस्तु भारतबाट बढेर आएको छ। भारतले चामल निर्यातमा कडाइ गरेपछि जिरा मसिनो चामल पुरानो मूल्यका तुलनामा बोरामा २ सय रुपैयाँभन्दा बढी पर्न थालेको किराना व्यवसायी प्रम नारायण रिमालले बताए । उनका अनुसार पछिल्लो ४ महिनामा चामलको बोरामा ५ सय रुपैयाँ बढेको छ। उक्त चामल बोरामा नै २ हजार देखि २२ सय रुपैयाँमा पर्न थालेको उनले बताए।

अधिकांश लङ ग्रेन चामलको मूल्य प्रतिबोरा २८ सयदेखि ३ हजार रुपैयाँ पुगेको छ। पहिलेभन्दा बोरामा २ सय रुपैयाँ बढेको हो। बजारमा बढी बिक्री हुने चामल सोना मन्सुली बोरामा न्युनतम एक सय रुपैयाँले बढेको छ। १० केजीको १२ सय ५० पर्ने चामल यतिबेला १३ सय ५० रुपैयाँ पर्न थालेको छ। सोना मन्सुली चामल स्वदेशी भएकाले यसको मूल्य धेरै नबढेको व्यावसायीको भनाई छ ।

यस्तै खुद्रा व्यापार संघका अनुसार एक वर्षको अवधिमा खाद्यवस्तुको मूल्य किलोमै ३ सय रुपैयाँसम्म बढेको छ ।

खुद्रा व्यापार संघका अनुसार नेपाली घिउ, खोर्सानी, जिरा, चामल, धनियाँ पाउडर, केराउ, सिमी, तेललगायत सबैको मूल्य बढेको छ । घिउ लिटरमै ३ सय रुपैयाँ बढेर १२ सय पुगेको छ । खोर्सानी पाउडर ४ सयबाट ५ सय रुपैयाँ, जिरा पाउडर ४ सय ५० बाट ६ सय रुपैयाँ, धनियाँ पाउडर २ सय ५० बाट बढेर ३ सय ५० रुपैयाँ पुगेको छ ।

मूल्य बढ्नुमा उत्पादक, होलसेलर जिम्मेवार भएको खुद्रा व्यापारीको गुनासो छ । यता चाडबाड लक्षित गरेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, औषधि विभाग, कृषि विभागलगायतले संयुक्त रूपमा अनुगमन गरिरहेका छन् । दिनमा ४० देखि ५० वटासम्म फर्ममा अनुगमन गरिरहेको छ ।
काठमाडौं महानगरपालिकाले पनि अनुगमन सुरु गरेको छ । तर यस्तो अनुगमनले ठूला व्यावसायिक घरानालाई छोएको देखिँदैन ।

खाद्यवस्तु, होटल, डिर्पाटमेन्ट स्टोर, रेडिमेड तथा कपडा, औषधि, तरकारीलगायत क्षेत्रमा अनुगमन भइरहेको संयुत्त टोलीको भनाइ छ । तर जरिवाना गरिएका फर्म गोप्य राखिएको छ । अनुगमन टोलीले असोज २ मा ५१ फर्ममा अनुगमन गरेर १० वटालाई जरिवाना तोकेको थियो । ती फर्मलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना तोकिएको जनाए पनि फर्मको पहिचान खुलाइएको छैन ।

टोलीले असोज ३ मा ४३ फर्ममा अनुगमन गर्दा १० फर्मले ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने देखियो । असोज ४ मा ५० फर्ममा अनुगमन गरेर १२ फर्मलाई ५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ । अनुगमनको क्रममा गुणस्तर, मूल्य र नापतौल र रिलेबलिङ लगायतको कसुरमा जरिवाना निर्धारण गरिएको हो तर कारबाहीको विवरण गोप्य राखिएको छ । विभागले अनुगमन र कारबाहीको विवरणमा फर्मको नाम, सम्पर्क र जरिवाना तथा कारबाहीको स्पष्ट कारण खुलाइएको छैन ।

उपभोक्ता संरक्षण नियमावली २०७६ अनुसार अनुगमनमा खटिएको निरीक्षण अधिकृतको विवरण, खाद्यवस्तु, डिपार्टमेन्टल स्टोर, कसुरको कारण र विवरण र नाम ठेगाना स्पष्ट खुलाउनुपर्छ । तर चलखेल गर्ने नियतले उक्त विवरण नखुलाईएको आशंका गरिएको विभागकै एक कर्मचारी बताउछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी