मोहम्मद हत्याकाण्डः तीन जना पक्राउ, मुख्य सुटर अझै फेला परेनन्

मोहम्मद हत्याकाण्डः तीन जना पक्राउ, मुख्य सुटर अझै फेला परेनन्

  • शुक्रबार, अशोज १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, १४ असोज । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट उद्योगका सञ्चालक सर्लाहीका ५८ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसर शुक्रबार पत्रकार सम्मेलन गर्दै विधि र प्रविधिसमेतको सुक्ष्म प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न रही फरार रहेका तीन जनालाई काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जनाएको हो।

पक्राउ पर्नेमा पर्साका महोरम मियाँ, पर्साकै रेहान मियाँ र मकवानपुरका सुमी भन्ने सुस्मिता स्याङताङ रहेका छन्।

महोरम मियाँ र रेहान मियाँ घटनाको योजनाकार तथा हतियार व्यवस्थापन तथा सुस्मिता स्याङताङले मृतकको गतिविधिको निगरानी गर्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भरतबहादुर बोहराले जानकारी दिए।

उक्त घटनाका सम्बन्धमा पक्राउ परेका उपर ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसूर’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति पाएर जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भई रहेको बोहराले बताए।

घटनाका मुख्य सुटर भने अझै फेला पारेको छैनन्। पक्राउ परेका तीन जना सहयोगीको जानकारीका आधारमा मुख्य योजनाकारसम्म पुग्ने गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। घटनाका मुख्य योजनाकार लामो समयदेखि काठमाडौं बस्दै आएका नितिन मदन भएको आशंका गरिएको छ । प्रहरीका अनुसार हाल उनी फरार छन् । घटनामा भारतीय आपराधिक समूह र उनीहरूको सहयोगीका रूपमा काठमाडौंमा रहेका व्यक्तिमाथि शंका गरिएको थियो ।

घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी