सेयर बजारमा आज हरियाली

सेयर बजारमा आज हरियाली

  • बुधबार, भदौ २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, २९ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज हरियाली छाएको छ। नेप्से परिसुचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको छ। आज कारोबार रकम पनि बढेको छ। दिनभर एक अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएकाे छ ।

नेप्सेका १३ वटै उपसूचक आज हरियो भएका छन् । यसअनुसार १८४ कम्पनीको सेयर बढेको छ भने ५ वटाको घटेको छ। सबै समूहको सेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको सेयर उच्च अंकले उकालो लागेको छ ।

आज दुई सय २७ वटा कम्पनीका ४६ लाख १८ हजार कित्ता सेयर एक अर्ब ४५ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नविल बैंकको करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भयो ।

यस्तै, ग्रिन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको सेयरमूल्य झण्डै साढे आठ प्रतिशतले बढेको छ । एनआईसी एसिया क्याप फण्डको सेयर भने १० प्रतिशतले घटेको छ । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ