पथलैयामा ट्रमा सेन्टर तत्काल सञ्चालन गर्न माग

पथलैयामा ट्रमा सेन्टर तत्काल सञ्चालन गर्न माग

  • बिहिबार, भदौ १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

बारा, १६ भदौ । बाराको जितपुरसिमरा सार्वजनिक सरोकार समितिले पथलैयामा ट्रमा सेन्टर सञ्चालन गर्न मधेस प्रदेश सरकारसँग माग गरेको छ । सरोकार समितिका संयोजक मनोज पौडेलले विज्ञप्ति प्रकाशित गर्दै मधेस प्रदेश सरकारसँग आग्रह गरेका हुन् । 

संयोजक पौडेलले तीन बर्षदेखि पथलैयामा ट्रमा सेन्टरका लागि बजेट विनियोजन गर्दै आए पनि हालसम्ममा अस्पताल सञ्चालन नहुँदा बारा, पर्सा, रौतहट र राजमार्गमा यात्राको क्रममा दुर्घटना भई घाइते भएका यात्रुको उपचार पाउने आधिकारमा समेत ठेस पुर्याएको बताए । 

उनले चालु आर्थिक वर्षमा ट्रमा सेन्टर सञ्चालनका लागि बजेट समेत विनियोजन नहुनु दुःखद् भएको बताउँदै तत्काल आवश्यक प्रक्रिया पूरा गरि ट्रमा सेन्टर सञ्चालनमा ल्याउन सरोकार समितिको तर्फबाट माग गरेका छन् । माग पूरा नभए आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख  छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ