एजेन्सी भदौ १५ । सोभियत संघका अन्तिम राष्ट्रअध्यक्षको रुपमा रहेका मिखाईल गोर्वाचोवको ९१ वर्षको उमेरमा निधन भएको छ । उनको शासनकाल विवादीत रह्यो । समाजवादी व्यवस्थालाई परिवर्तन गर्दै उनले खुलापन र परिवर्तनको अवधारणा अघि सारे । जो लेनिन स्टालिनको नीति विपरीत थियो ।
उनको यो अवधारणालाई पश्चिमाहरुले मलजल गरेर प्रशंसा गरे । तर उनले देश बचाउन सकेनन् । सोभियत संघ उनकै पालामा १५ वटा राज्यमा विभाजित बन्यो । १९८५ मा राष्ट्रपति बनेका उनले ८६ देखि नै परिवर्तनको नारा अघि सारे । उनले अर्थव्यवस्था राज्यको नियन्त्रणबाट स्वतन्त्र बजारतर्फ लगे । यसै कारण पनि संघ विभाजनको आधार तयार भएको मानिन्छ ।
मार्च २, १९३१ मा रुसको एक गाँउमा जन्मिएका गोर्वाचोव १९६० मा पार्टीको शक्तिशाली नेताको रुपमा उदाएका थिए । उनी १९८५ मा राष्ट्रपति बन्दा सोभियत संघको सैन्य संख्या ५० लाख थियो । सोभियत संघ विश्वकै तेस्रो ठूलो जनसंख्या भएको देश पनि थियो ।
उनले अमेरीकी राष्ट्रपनि रोनाल्ड रेगनसँग परमाणु अस्त्र नियन्त्रण सम्बन्धि सम्झौता गरेर विश्वलाई परमाणु युद्धको खतराबाट जोगाए । त्यसैका लागि गोर्वाचोवलाई नोवेल शान्ति पुरस्कार समेत दिईयो ।
यदी मैले गरिन भने कस्ले गर्छ ? यदी अहिले नै गरिएन भने कहिले गर्ने ? भन्दै उनले देशमा उद्धार अर्थतन्त्र र लोकतन्त्रको अवधारणा लागू गरे । जो पश्चिमाहरुले चाहेका थिए , त्यही गर्दा गोर्वाचोवले सोभियत संघ विघटनको कारक र जिम्मेवार बने ।
उनकै कार्यकालमा भएको पहिलो लोकतान्त्रिक निर्वाचनमा गैर कम्युनिष्ट जनप्रतिनिधिहरु निर्वाचित भए । उनीहरुलाई पश्चिमाहरुको साथ थियो । उनीहरुले पछि अलग अलग राज्यको माग गर्दै आन्दोलन गरे र सोभिवत संघ १९८९ मा १५ वटा राज्यमा विभाजित हुन बाध्य भयो । यसको दोष गोर्वाचोवलाई जाने गर्दछ ।
१९९१ मा रुस अलग्गै देश बन्यो र बोरिस यल्तसीन राष्ट्रप्रमुख भए ।
सोभित संघ टुक्रिएर आर्मेनिया, अजरबैजान, बेलारूस, इस्टोनिया, जर्जिया, कजाकिस्तान, कीर्गिस्तान, लाटविया, लिथुआनिया, मालदोवा, रूस, ताजिकिस्तान, तुर्कमेनिस्तान, यूक्रेन र उज्बेकिस्तान खडा भयो । यो गोर्वाचोवको गलत नीति, पश्चिमाहरुको योजनामा सोभियत संघको पतन भयो । जसलाई पश्चिमाहरुले कम्युनिष्टको अन्त्य, ईतिहाको अन्त्य जस्ता उद्घोष गरेका थिए ।
गोर्वाचोवका कारण सोभियत संघको विघटन पछि अमेरीकाले विश्व व्यापी एक छत्र दवदबा बनायो । एकध्रुवीय विश्वको घोषणा गर्यो ।
तर विस्तारै सत्तामा आएका वर्तमान राष्ट्रपति भ्लादीमीर पुटिनले रुसलाई सोभियत संघकै रुपमा फिर्ता नगरे पनि रुसलाई बलियो शक्तिका रुपमा अगाडी बढाएका छन् । अहिले एक ध्रुवीय विश्व नरहेको भन्ने उद्घोष सहित पुटिनले देशको अर्थतन्त्र, सेना र हतियार सबै कुरामा फेरी शक्तिशाली बनाउदै लगेका छन् ।