मोटरपार्टस् देखि कवाड र  माछा देखि भैसी सम्म बीरगन्ज नाकाबाट खुलेआम तस्करी हुँदै

मोटरपार्टस् देखि कवाड र  माछा देखि भैसी सम्म बीरगन्ज नाकाबाट खुलेआम तस्करी हुँदै

  • मङ्लबार, भदौ १४, २०७९
  • दिपक चौरसिया

  • 13.9K
    SHARES

पर्सा, १४ भदौ । बीरगंजको मुख्य नाकाबाटै खुलेआम तस्करी भइरहेको खुलासा भएको छ । अहिले दिनहु भन्सार छलि गरेर अटो रिक्सा, टेम्पू, मोटरसाइकल तथा साइक‌बाट मुख्य नाका लगायत आसपासका चोर नाकाहरूबाट तस्करी हुने गरेको छ ।

नेपाल भारतको मुख्य नाका भनेर चिनिने विरगंज लगायत पर्सा जिल्लाको विभिन्न सीमावर्ती क्षेत्रबाट खुलेआम तस्करी भइरहेको पाइएको हो । राजश्व चुहावट नियन्त्रणका लागि खटिने सशस्त्र प्रहरीको सादा पोशाकमा खटिएका केहि घमुवा टोलीका सशस्त्र प्रहरीहरूको संरक्षणमा नै अहिले सीमावर्ती र मुख्य नाका हुँदै कपडा, कबाड़, भैंसी, मोटर पाटस, माछा लगाएतका विभिन्न समाग्रीको खुलेयाम तस्करी भइरहेको स्रोत बताउछ ।

विरगंज लगायत आसपासका चोर नाकाहरुबाट मुना, सुरेन्द्र,भोला साह, मुनी लाल,बिक्की कुमार, आकाश साह, उमेश साह,भोला साह,तमान्ना लगायत‌काको समूहले अहिले नाकाबाट व्यापक तस्करी गरि रहेका स्रोत बताउछ । मुनी लाल,बिक्की कुमार आकाश साह र उमेश साहले माछाको तस्करी गर्ने गरेका छन् ।

नेपाल सरकारले भारतबाट आउने माछालाई चेकजाच गरेर मात्रै नेपाल भित्रयाउन दिन ब्यवस्था गरे पनि यी तस्करहरुको समूहले सिमानाका क्षेत्रमा रहेको सशस्त्र प्रहरीको मिलोमतोमा खुलेआम बीरगंज बजारसम्म माछाको तस्करी गर्ने गरेको स्रोतको दबी छ । यस्तै सुरेन्द्र भन्नेले भैंसीको तस्करी गर्न गरेका छन् । यसै गरि मुन्नाले भारतिय बजार बाट मोटर्स पाटर्सको तस्करी गर्ने गरेको बताईएको छ ।

त्यस्तै तमन्नाले कवडाको सामान नै बीरगंजको मुल गेट हुदै नेपाल बाट भारत तर्फ तस्करी गर्ने गरेका छन् । । खास गरी रातिको समयमा विरगंजको मूल गेट बाटै तस्करी गर्ने गरेको बताईएको छ ।

सानो तिनो घरायसी सामान बोकेका सानो झोला पनि चेकजाँच गर्ने गरेको छ तर विरगंज नाकामा खटिएको सशस्त्र प्रहरीले तस्करीका सामान आउँदा देखे पनि न देखे झैं गरेर आँखा चिम्लिदिने गरेका छन् । मुख्य नाकामा सशस्त्र प्रहरी चेकिङ्ग प्वाइन्टहरु छन् ।

प्रवेशदारबाट एक किलोमिटरको दुरीमा रहेका चेंकिङ्ग प्वाइन्ट सुरक्षा घेराले छाडेका सामान कहिले काँही विरजञ्जमा रहेको वडा प्रहरी कार्यलय विर्ताले समात्ने गरेको घटना बेला बखतमा देखिदै आई रहेको छ । वडा प्रहरी कार्यलय विर्ताले विरगञ्जको मुख्य बजार क्षेत्रबाट राजश्व छलि गरेर यही मार्ग हुँदै भित्रिएका ट्रक साहित करोडौं मूल्यका सामान समात्ने गरेको छ । यसले पनि शसस्त्र प्रहरीको सुरक्षा चेकजाँचमा कमजोरी रहेको पुष्ट्याई गर्छ ।

त्यस क्षेत्रमा सिमा सुरक्षाको लागि खटने सशस्त्र प्रहरीको सेटिङ्‌ग‌मा राति राती कबाडको नाममा बहुमुल्य बस्तुहरू भारततर्फ निर्यात गर्ने गरेको बताइएको छ । यसो माथिवाट हेर्दा झट कबाड‌को सामान लाग्छ तर भित्र भित्र बहुमुल्य धातुको वस्तुहरू भारत तर्फ तस्करी गर्ने गरेका छन् ।


यता भारतीय कपडाहरू तस्करी गर्ने गरेका छन् । भारतको लाखों बराबार को कपड़ा दिनहुँ बीरगंज भित्री रहेको छ । रातिका समयमा तस्करहरूले भारतबाट कापडा तस्करी गरी नेपाल सम्म ल्याउने गरेका छन् भने दिनमा त्यही कपडालाई राखेर विरगंजको मुख्य बजार सम्म पुर्याउदा कोही कसैले चेकजाच बिना रोक टोक गर्ने गरेको पाइएको छ । तस्करहरूको सेटिङ्‌ग सीमावर्ती क्षेत्रमा रहेको सशस्त्र प्रहरीहरू सँग मात्र नभई माथिल्लो निकाय सम्म रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी