झापा क्षेत्र नं दुईमा कांग्रेसका केशवकुमार बुढाथोकीले टिकट पाउँने सम्भावना बढेसँगै मतदाता उत्साहित

झापा क्षेत्र नं दुईमा कांग्रेसका केशवकुमार बुढाथोकीले टिकट पाउँने सम्भावना बढेसँगै मतदाता उत्साहित

  • मङ्लबार, भदौ १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 24.3K
    SHARES

भदौ १४ झापा । झापाको ‘सेतो बाघ’ भनेर चिनिने शक्तिशाली विकासप्रेमी नेता पुर्व मन्त्री एवं नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी यस पटक गठबन्धनबाटै झापा क्षेत्र नं २ मा उम्मेद्धार बन्ने संभावना छ । उनी उम्मेद्धार बन्ने मात्र हैन जित्ने समेत लगभग निश्चित रहेको झापाका काँग्रेसी र क्षेत्र नं २ का समर्थक मतदाताहरुको अनुमान छ । उनी उम्मेद्धार हुने चर्चासँगै स्थानीय मतदाता र कार्यकर्ताहरु उत्साहित देखिएका छन् ।
अघिल्लो पटक क्षेत्र नं चार बाट निर्वाचित बुढाथोकी ७४ सालको निर्वाचनमा उम्मेद्धार भएका थिएनन् ।

पञ्चायत कालदेखि गणतन्त्र सम्म विभिन्न मन्त्रालय सम्हालेका स्वच्छ छविका अनुभवी मात्र हैन झापाका निकै लोकप्रिय नेता हुन् ।
झापाका नेपाली कांग्रेसका शक्तिशाली नेताहरु महामन्त्री विश्वप्रकाश शर्मा, पुर्व उप प्रधानमन्त्री एवं नेकां पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र अर्को दर्हो जनप्रिय एवं तेस्रो शक्तिशाली नेताको रुपमा बुढाथोकी चिनिन्छन् ।
बुढाथोकी आफ्नो पार्टी इत्तरका मतदाताहरुले पनि रुचाएका नेताका रुपमा चिनिन्छन् । उनलाई मतदाताले रुचाउने मुख्य कारण हो उनी दल र समुह नहेरी आफूले गर्न सक्ने सहयोग सबैलाई गर्दछन् । अर्को उनीमाथि अहिले सम्म कुनै पनि घोटाला वा भ्रष्टाचारको आरोप नलाग्नु पनि बुढाथोकीको प्लस पोईन्ट हो ।
झापाको विकासमा पनि उल्लेख्य योगदान दिएका बुढाथोकी यस पटक आफ्नै क्षेत्रबाट निर्वाचित भएर जनताको सेवा गर्ने ईच्छा रहेकाले दुई नंम्बर क्षेत्रमै जान खोजेको बताउछन् ।

बुढाथोकीको लोकप्रियता, निर्वाचन जित्न सक्ने पात्र भएकाले झापा काँग्रेसले बुढाथोकीको नाम अघि सार्ने लगभग निश्चित रहेको बुझिएको छ ।

युवा अवस्थामै विद्यार्थी हुँदा पञ्चायत कालमा पटक पटक जेल परेका बुढाथोकी काँग्रेसका स्वर्गीय सभापति गिरीजा प्रसाद कोईरालाकै निर्देशनमा युवक संगठनको झापा जिल्ला सभापति, प्रधानपञ्च हुँदै ४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य समेत जितेका थिए ।

२००१ सालमा जन्मिएका बुढाथोकी ४४ सालमा जलस्रोत सहायक मन्त्री बनेका थिए । त्यतिबेला नै उनले ७५ जिल्लामै सिञ्चाई कार्यलय खोलेका थिए ।

५१ सालको चुनावमा एमालेका अहिलेका अध्यक्ष केपी ओलीसँग निर्वाचन हारेका बुढाथोकीले ६४ सालको चुनाव जितेका थिए । त्यसपछि ७० सालमा पनि उनले चुनाव जितेका थिए भने ७४ मा लडेका थिएनन् । ७३ सालमा उनी ९ महिना सामान्य प्रशासन मन्त्री पनि बनेका थिए ।

अहिले पुनः क्षेत्रका मतदाता र कार्यकर्ताको चाहना र माग अनुसार बुढाथोकी मैदानमा उत्रने तयारीमा छन् । त्यसका लागि नेता कार्यकर्ता लागि परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी