हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयर बिक्री गर्दै

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयर बिक्री गर्दै

  • सोमवार, भदौ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, १३ भदौ

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामि भदौ २० गतेबाट सवा २ करोड बढी कित्ता सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले कुल २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउन लागेको हो । यसअघि कम्पनीले दुईपटक संस्थापक समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको थियो । दुवैपटक बिक्री हुन नसकेको सेयर फेरि कम्पनीले लिलामीमा राख्न लागेको थियो । 

यो लिलामी सेयरमा जोकोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । 

लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालयका साथै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सक्नेछन् । बोलपत्र आउँदो असोज ४ गते बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ ।
 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी