पिपुल्स पावरको सेयर बाँडफाँट, भाग्यमानी दुईजनाले पाए ११/११ कित्ता 

पिपुल्स पावरको सेयर बाँडफाँट, भाग्यमानी दुईजनाले पाए ११/११ कित्ता 

  • आइतवार, भदौ १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौं, १२ भदौ

पिपुल्स पावर कम्पनीको साधारण सेयर आइतबार बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार दिउँसो २ बजे आईपीओ बाँडफाँट गरेको हो ।

आईपीओमा मागभन्दा ७.९३ गुणा बढी १५ लाख ५१ हजार ४१३ वटा आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथा प्रणालीबाट दुई लाख २९ हजार ४६८ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको थियो।

यसमध्येबाट दुईजनाले भने प्रतिव्यक्ति ११/११ कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले ३१ साउनदेखि ५ भदौसम्म २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुलाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी