भारतका अर्बपति अडानी बिरुद्ध अमेरीकामा धोकाधडीको मुद्धा

भारतका अर्बपति अडानी बिरुद्ध अमेरीकामा धोकाधडीको मुद्धा

  • बिहिबार, मंसिर ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

एजेन्सी । भारतका अर्बपति व्यापारी गौतम अडानी बिरुद्ध अमेरीकामा धोकाधडीको मुद्धा दायर भएको छ । उनले आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड अमेरीकी डलर घुस दिएको र यसलाई लुकाउने प्रयास गरेको अभियोग लागेको छ ।

बुधबार न्यूयोर्कमा ६२ बर्षे अर्बपति व्यापारीमाथि यो आपराधीक मामिला दर्ता भएको हो ।

अडानीको व्यापारीक साम्राज्य भित्र बन्दरगाह, हवाई अड्डादेखि उर्जा क्षेत्र सम्म फैलिएको छ ।

अडानी र उनको कम्पनीका अन्य वरिष्ठ अधिकारीहरुले आफ्नो कम्पनी रिन्युएल एनर्जीलाई ठेक्का हात पार्न भारतीय अधिकारीहरुलाई भुक्तानी गर्ने सहमति गरेको दाबी अभियोगमा लगाईएको छ ।

यो परियोजना हात पार्दा अडानीलाई २० बर्षमा दुई अर्ब डलर भन्दा बढी रकम मुनाफा हुने अनुमान गरिएको थियो ।

यस विषयमा अडानीले सञ्चार माध्यमलाई कुनै प्रतिकृया दिएका छैनन् ।

२०२३ मा पनि हिंडनबर्ग कम्पनीले अडानीलाई धोकाधडीको आरोप लगाएको थियो ।

अडानीका प्रवन्धकले कर्जा र बन्डस् मार्फत ३ अर्ब डलर रकम जुटाएका थिए । यसमा केही धन अमेरीकी फर्महरुबाट पनि संकलन गरिएको थियो । यो पैसा घुस विरोधी नीति बिरुद्ध र भ्रम फैलाएर उठाईएको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी