चुनावपछि केपी ओली प्रधानमन्त्री बन्लान ?

चुनावपछि केपी ओली प्रधानमन्त्री बन्लान ?

  • आइतवार, भदौ १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

भदौ १२ काठमाण्डौँ । नेकपा एमालेले भावी प्रधानमन्त्रीका रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ ।
केन्द्रीय समितिको बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्दै उम्मेद्धारको मापदण्ड तय गरेको छ । जस अनुसार पहिला पराजीत भएकालाई नदोहोर्याउने, समानुपातिक सांसद बनेकालाई नदोहोर्याउने, साना दलहरुसँग सापेक्ष तालमेल गर्ने जस्ता निर्णय पनि पार्टीले गरेको छ ।

यस अघि ७४ सालमा माओवादीसँग तालमेल गरेर पार्टी एकीकरण हुँदा अधिक बहुमत सहित सरकार बनाएका ओलीले पटक पटक संसद विघटन गरेपछि पार्टी विभाजन हुँदै सर्वोच्चको आदेशमा संसद पुनस्थापना भएपछि उनी पदमुक्त भएका थिए ।
त्यसै कारण अहिले पाँच दलीय गठबन्धन बनेर काँग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएका छन् ।

भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव अघि सारिएपनि मंसीर ४ को चुनावमा ओलीलाई सहज भने छैन । एकातिर पाँच दलीय गठबन्धन, अर्कोतिर आफ्नै पार्टी विभाजन, स्वतन्त्रहरुले दिईरहेका चूनौती आदिले एमाले एक्लैलाई बहुमत ल्याउने अवस्था भने छैन ।

चुनाव पछि पाँच दलीय गठबन्धन भत्किएर फेरी एमाले माओवादी, एकीकृत समाजवादी मिलेर प्रचण्ड माधव नेपालले साथ दिने अवस्था आएमा ओली प्रधानमन्त्री बन्न सक्छन् ।
तर अहिले त्यो कल्पना गर्नु कठिन छ ओलीले प्रचण्ड माधव नेपालमाथि गरिरहेको प्रहार, र ओली बिरुद्ध उनीहरुमा भित्तामै पुर्याउने भनेर पलाएको बदलाभावले त्यो वातावरण तत्कालै बन्न सक्ने अवस्था देखिँदैन ।

अघिल्लो पटक पनि प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्री बनेका थिए । अहिले पनि प्रचण्ड प्रधानमन्त्री चुन्ने कुरामा निर्णायक शक्तिका साथ उपस्थित हुने संभावना बलियो छ । यस पटक अन्तिम ईनिगं भन्दै प्रचण्ड स्वयं पनि प्रधानमन्त्री हुने चाहनाका साथ अघि बढिरहेकाले शुरुमै आधा कार्यकाल प्रचण्डले प्रधानमन्त्री पाउने शक्तिसँग गठबन्धन हुन सक्छ ।

त्यो सहमतिकाँग्रेसले नै गर्यो भने प्रचण्ड ओलीतिर फर्कने संभावना हाललाई कम रहेको जानकारहरु बताउछन् ।

यो घटनाक्रम कसरी जान्छ र को प्रधानमन्त्री बन्न भन्ने कुरा लगभग मंसीर दोस्रो साताबाट चित्र देखिँदै जानेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी