प्रचण्ड धरानका मेयर हर्क साम्पाङको अभियानमा सहभागी हुँदै, आज सर्दुखोलामा वृक्षरोपण गर्ने

प्रचण्ड धरानका मेयर हर्क साम्पाङको अभियानमा सहभागी हुँदै, आज सर्दुखोलामा वृक्षरोपण गर्ने

  • शुक्रबार, भदौ १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

भदौ १० काठमाण्डौँ । धरानका चर्चित मेयर हर्क साम्पाङले शुरु गरेको विकासका लागि श्रमदान गर्ने अभियानमा आज माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी हुने भएका छन् । यो अभियानमा प्रमुख राजनीतिक दलका शीर्ष नेता एवं पूर्व प्रधानमन्त्री प्रचण्ड पहिलो पटक सहभागी हुन लागेका हुन् ।

हर्कले यस अघि प्रचण्डलाई पनि श्रमदानमा सहभागी हुन अपील गरेका थिए । उनी काठमाण्डौँ आएका बेला प्रचण्डसँग भेटवार्ता पनि गरेका थिए ।
प्रचण्डले काठमाण्डौँका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङ गणतन्त्रका फुल भएको प्रतिकृया दिएका थिए ।
आज सर्दुखोलामा वृक्षरोपणमा सहभागी भएपछि प्रचण्ड धरानमै स्वर्गीय जनवादी कलाकार जेबी टुहुरेको स्मृति दिवसको कार्यक्रममा सहभागी हुनेछन् ।

प्रचण्ड प्रदेश १ मा पार्टीको बैठकमा समेत उपस्थित हुने कार्यक्रम रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ