फोहोर बोक्न सघाँउछु भन्ने एमाले नेता महेश बस्नेतले अवैध संरचना भत्काउदा बालेन शाहलाई धम्क्याए !

फोहोर बोक्न सघाँउछु भन्ने एमाले नेता महेश बस्नेतले अवैध संरचना भत्काउदा बालेन शाहलाई धम्क्याए !

  • शुक्रबार, भदौ १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

भदौ १० काठमाण्डौँ । काठमाण्डौंमा सावजनिक जग्गा मिचेर अवैध संरचना बनाएर भाडामा लगाएर खानेहरुलाई लक्षित गर्दै मेयर बालेन्द्र शाहले धमाधम आफै पुगेर डोजर लगाउन थालेपछि तरंग चलिरहेको छ ।
हिजो बिहान केही वादविवाद पछि मेयर शाह आफै पुगेर बिजुली बजारमा रहेको कम्लेक्सले अतिक्रमण गरी बनाएको संरचनाको नक्सा हेरेरै डोजर लगाएका थिए ।

त्यसको बिरोधमा एमालेका सांसद एवं ओली निकट मानिने महेश बस्नेतले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।
बालेन शाहले अल्फाबिटा कम्प्लेक्समाथि किन डोजर लगाएको ? नक्सा पास भएर अनुसार घर नबनेकाले या हामीसँग नजिक भएर फोटो खिचेका कारणले ?

बस्नेतले अगाडी लेखेका छन् , पहिलो कारण हो भने जायज होला, नाजायज भएपनि सम्बन्धित पिडितहरुले कानूनी उपचार खोज्लान नै। दोश्रो कारण हो भने त हामी समेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौ ।

त्यसको पाँच घण्टा पछि फेरी बस्नेतले अर्को स्टाटस लेखेर बालेनलाई ब्यग्य र चेतावनी दुवै दिएका छन् ।
डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला । अनि २/४ सय फेस बुके फ्यान भए भनेर नमात्तिनु बिगतका यस्ता २/४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन खोज्नै पर्ने भाको छ्। गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यस्को बिकाश र प्रोत्साहनमा अहिलेत रमाइलै होला पछि तपाईका बिरोधिले पनि तेही शैली अपनाए भने गार्हो होला। बस्नेतले लेखेका छन् ।

त्यसपछि बालेन शाहले पनि यो स्टाटसमा कमेन्ट गरेका छन् ।

उनले अल्फाबिटाका मालिक शर्मासँग खिचेको फोटो राखेर नियम कानुन सबैले पालना गर्नु पर्छ कमरेड, बरु तपाईको घरको नक्सा पास छ कि छैन ?

केही दिन अघि मात्रै एमाले सांसद योगेश भट्टराईले संसदमै बोलेर फोहोर फाल्न यो सरकारले सहयोग नगर्ने भन्दै एमालेले सहयोग गर्ने बताएका थिए । केही दिन एमालेको युवा संघले सडकमा फोहोर पनि उठायो ।

तर जब घरहरु भत्किदै जादा अल्फाबिटा कम्लेक्समा चर्चाचर्की परे लगत्तै मेयरले डोजर चलाए । महेश बस्नेत बालेन शाहकै बिरुद्ध उत्रिएका हुन् ।

बालेनको यो पछिल्लो एक्सनको प्रशंसा बढीरहेको देखिन्छ भने साना व्यवशायीहरु भने आक्रोशित र निराश बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ