बालेन्द्रले थर्काएपछि अल्फाबिटाका सञ्चालकको प्रश्न – तपाईं डन हो ? (भिडियोसहित)

बालेन्द्रले थर्काएपछि अल्फाबिटाका सञ्चालकको प्रश्न – तपाईं डन हो ? (भिडियोसहित)

  • बिहिबार, भदौ ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

भदौ ९ , काठमाडौँ । नयाँ बानेश्वरस्थित ‘अल्फा हाउस’का संचालक द्विराज शर्मा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच आज चर्काचर्की भएको छ।

‘अल्फा हाउस’ पार्किङका लागि छुट्याइएको भवन भाडामा लगाएर फुटपाथमा पार्किङ गरेको समाचार बाहिरिएपछि मेयर शाह प्रहरी सहितको टोली लिएर अनुगमनका लागि पुगेका थिए। त्यहाँ केहीबेर शाह र शर्माबीच चर्काचर्की नै भएको थियो।

शर्माले बालेन्द्रलाई ‘तपाईं डन हो ?’ भन्दै प्रश्न गरेका थिए। जवाफमा शर्माले ‘ए बालेन सर तपाईं आवेगमा आएर नबोल्नुस्। तपाईं हाम्रै प्रतिनिधि होइन ?’ भनेर प्रतिप्रश्न गरेका थिए।

शर्माले भने, ‘तपाईंले मलाई थर्काउन खोज्नुभएको हो ?, यसरी डन भएर आउने होइन्।’ कुनै सूचना र जानकारी बिना आएर नक्सा देखा भन्दै बालेन्द्रले थर्काएपछि शर्माले नक्सा यहाँ बोकेर बसेको हुँदैन, तपाई देखाउनुस् नक्सा भनेका थिए ।

बालेन्द्रले ‘तपाईंको घरको नक्सा म सँग हुन्छ ?’ भनेर प्रश्न गर्दा चर्काचर्की सुरु भएको हो।

बालेनले बिहीबार शंखमुलस्थित बर्गर हाउसको पनि अनुगमन गरेर बेसमेन्ट खाली गराउन निर्देशन दिएका छन्।

अल्फा बिटाको दादागिरी, बाटो मिचेर पार्किङ
अल्फा बिटाले फुटपाथमै पार्किङदेखि नक्साबिनाको संरचना बनाएको गुनासो आएको थियो। बालेनमाथि अल्फा बिटाका सञ्चालक शर्माले स्टन्ट गरेको पनि आरोप लगाए। तर बालेनले आफूले मिडिया ल्याएर स्टन्ट नगरेको जवाफ दिए।

अल्फा हाउसका घरबेटीले भुइँतलामा राख्दै आएको पार्किङ हटाएर भाडामा लगाएका छन्। भवनमा आउने मानिसका लागि मोटरसाइकल पार्किङ गर्ने ठाउँमा अहिले कफी सप र फार्मेसी राखिएको छ। भवनको पार्किङस्थल भाडामा लगाएर घरबेटीले पैसा कमाइरहेका छन् भने पार्किङ चाहिँ सडकको फुटपाथलाई बनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ