चोरी भएर अमेरिका पुगेको दुर्गाको मूर्ति काठमाडौं ल्याइदै

चोरी भएर अमेरिका पुगेको दुर्गाको मूर्ति काठमाडौं ल्याइदै

  • बिहिबार, भदौ ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, ९ भदौ । न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावास र न्यूयोर्कस्थित म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रुपमा नेपाली पुरातात्विक वस्तु नेपाल फिर्ता गर्ने घोषणा गरेका छन् ।

म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले म्यानहट्टन जिल्ला न्यायधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्विक वस्तु ग्रहण गरेका थिए ।

एल ब्राग जुनियरले पुरानो नेपाली देवी दुर्गाको मूर्ति गौतमलाई हस्तान्तरण गरेका थिए । उक्त मूर्ति लगभग १४औं शताब्दीदेखि १८औं शताब्दीको बीचमा काठमाडौंमा बनेको अनुमान गरिएको छ । मूर्ति सन् १९६० मा हराएको थियो ।

उक्त मूर्तिलाई गत मार्चमा एउटा लिलामी घरले लिलामीमा राखेको थियो । लिलामीमा मूर्तिको मूल्य १२ हजारदेखि १८ हजार अमेरिकी डलर राखिएको थियो । उक्त कुरा थाहा पाएपछि नेपाली महावाणिज्य दूतावासले मूर्ति नेपाल फर्काउने प्रक्रिया सुरु गरेको थियो ।

सन् २०२१ मा न्यूयोर्कबाट चोरी भएका तीनवटा नेपाली पुरातात्विक वस्तु नेपाल फर्काइएको थियो ।

न्यूयोर्कस्थित महावाणिज्य दूतावासले छिट्टै उक्त मूर्ति पुरातत्व विभागसँग समन्वय गरी नेपाल पठाउने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी