राष्ट्रपति भण्डारीद्धारा शीतल निवासमा सुरक्षा अधिकारीहरुसँग संवाद

राष्ट्रपति भण्डारीद्धारा शीतल निवासमा सुरक्षा अधिकारीहरुसँग संवाद

  • बुधबार, भदौ ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सुरक्षा अधिकारीहरुसँग भेट गरेकी छन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनले आज आफ्नो सुरक्षामा खटिएका सुरक्षा अधिकारीहरुसँग भेट गरेकी हुन् ।

दोस्रो कार्यकालको सकिनै लाग्दा उनले सुरक्षा अधिकारीहरुलाई बोलाएर धन्यवाद ज्ञापन गरेको स्रोतको भनाइ छ। भेटमा नेपाली सेनासहितका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको बताइएको छ।

पछिल्लो समय राष्ट्रपति भण्डारीले विभिन्न पेसा व्यवसायीहरुसँग अन्तर्क्रिया गर्दै आएकी छन्। सन्देशसहित फिर्ता पठाइएको नागरिकता विधेयक संसदबाट जस्ताको तस्तै पास गरेपछि राष्ट्रपति असन्तुष्ट बनेको स्रोतको भनाइ छ। राष्ट्रपतिले सघन गृहकार्यपश्चात संविधानकै व्यवस्थामा टेकेर पठाएका सुझावहरूलाई सरकारले बेवास्ता गरेपछि राष्ट्रपति भण्डारी असन्तुष्ट रहेको स्रोत बताउछ । यसले आफ्नो व्यक्तिगतभन्दा पनि देशको सर्वोच्च संस्थाकै अनादर भएको उनको बुझाइ छ ।
त्यही भएर उनी केही दिनअघि कानुन व्यवसायीहरुसँग सम्वाद गरेकी थिइन्।
यदि राष्ट्रियसभाबाट पनि जस्ताको तस्तै पारित भएर आएको खण्डमा राष्ट्रपतिसँग दुईवटा मात्रै विकल्प रहने छन् । उनले यात संविधानबमोजिम विधेयकलाई प्रमाणीकरण गर्नुपर्छ । होइन भने, पदबाट राजीनामा दिएर हिँड्नुपर्छ । पहिलो विकल्प सरल छ । तर, देशको राष्ट्रियतासँगै सम्वन्धित विषय भएकाले राष्ट्रपतिले आफ्नो पदीय सुरक्षाभन्दा पनि देशहितको कोणबाट निर्णय लिने तयारी गरिरहेको संकेत पाएको निकट स्रोतहरू बताउँछन् ।

विसं २०७२ कात्तिकमा पहिलोपटक राष्ट्रपति बनेकी भण्डारी प्रतिनिधिसभा चुनावपछि फागुनमा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

नागरिकता विधेयकलाई प्रतिनिधिसभाले दोस्रोपटक पारित गरेपछिको परिस्थितिमा राष्ट्रपतिले आन्तरिक छलफलहरू गरिरहे पनि अन्तिम निष्कर्षमा भने नपुगिसकेको स्रोतहरू बताउँछन् । तर बुढानिलकण्ठमा रहेको आफ्नो निजी निवास तत्काल सरसफाइ र रंगरोगन गर्न निर्देशन दिनुले उनी बहिर्गमनको मनस्थितिमा रहेको संकेत गरेको निकट स्रोत बताउछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ