केपी ओली प्रधानमन्त्री हुँदा यही विधेयक अध्यादेश मार्फत ल्याउदा राष्ट्रवादी, अहिले विधेयक आँउदा राष्ट्रघाती ? : प्रचण्डको प्रश्न

केपी ओली प्रधानमन्त्री हुँदा यही विधेयक अध्यादेश मार्फत ल्याउदा राष्ट्रवादी, अहिले विधेयक आँउदा राष्ट्रघाती ? : प्रचण्डको प्रश्न

  • बुधबार, भदौ ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

भदौ ८ चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आमा वावु नै नेपाली नागरिक भएका तर तिनका छोराछोरीले नागरिकता नपाएकाहरुका लागि अहिलेको नागरिकता विधेयक आएको बताएका छन् ।

यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपति समक्ष पुनः प्रमाणिकरणका लागि जाने पनि प्रचण्डले बताए ।

चितवन भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले बैबाहिक अंगीकृत नागरिकताको म्याद सात वर्ष राख्नु पर्छ भनेर संसदीय समितिमा सहमति भएको र त्यो संसदमा लैजाउ भन्दा ओलीले अटेर गरेको तर पछि नागरिकता अध्यादेश मार्फत अहिलेकै प्रावधान राखेर आएको स्मरण गराउदै ओलीले अध्यादेशका रुपमा त्यही कुरा ल्याउदा राष्ट्रवादी र अहिले संसदले त्यही कुरा ल्याउदा राष्ट्रघाती हुने हुन्छ ? भन्दै प्रश्न गरे ।

एमालेले जनतालाई भ्रम दिन कोशिस गरेको भन्दै तर अब जनता चनाखो भईसकेकाले एमालेको भ्रममा नपर्ने प्रचण्डको भनाई छ ।
एमालेले राष्ट्रवादको मुखुण्डो लगाएर भोट बटुल्न सकिन्छ भन्ने दुस्साहस गरीरहेको भन्दै त्यो संभावना नरहेको पनि उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ