भदौ ८ काठमाण्डौँ । काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाहले महानगरभित्रका शिक्षक एवं कर्मचारीलाई कुनै पनि राजनीतिक दलमा लागेको भए त्यो तत्काल त्याग्न निर्देशन दिएका छन् ।
एक विज्ञप्ति जारी गरी मेयर बालेन्द्रले शिक्षक र कर्मचारीले आ आफ्नो दलीय सदस्यता त्याग नगरे कार्बाही गर्ने चेतावनी दिएका छन् ।
उनले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको उल्लेख गरेका छन् ।
काठमाडौं महानगरपालिकाको कार्यक्षेत्रभित्र सुशासन प्रवर्द्धन गर्नको लागि महानगरअन्तर्गतका शिक्षक तथा कर्मचारीहरू कुनै पनि राजनीतिक दल, भातृ संस्था वा सुभेच्छुक संस्थाको सदस्य हुनु कानुनसम्मत हुँदैन,’ विज्ञप्तिमा भनिएको छ ।
यदी शिक्षक कर्मचारीले दल त्याग नगरेमा सार्वजनिक उजुरी आव्हान गरेर कार्बाही गर्ने चेतावनी मेयरले दिएका छन् ।