मैले मुख्यमन्त्रीलाइ राजीनामा दिन भनेको छैनः उपेन्द्र यादव

मैले मुख्यमन्त्रीलाइ राजीनामा दिन भनेको छैनः उपेन्द्र यादव

  • मङ्लबार, भदौ ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

जनकपुर भदौ ७ । बेटी पढाउ, बेटी बचाउ अभियानमा भ्रष्टाचार गरेको जस्ता विभिन्न आरोप लागेका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन आफूले निर्देशन नदिएको जसपा अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

विभिन्न सञ्चार माध्यममा यादवले मुख्यमन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको समाचार प्रकाशित गरेका थिए । तर आज पत्रकारहरुसँग कुरा गर्दै यादवले आफूले त्यस्तो निर्देशन नदिएको र तत्काल मुख्यमन्त्री हटाउने योजना नरहेको पनि बताए ।

सातवटा प्रदेशका मुख्यमन्त्रीमध्ये छ प्रदेशको मुख्यमन्त्री फेरिए पनि मधेस प्रदेशको मुख्यमन्त्री फेरिएको छैन ।

यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको बताएका छन्।

साईकल वितरणमा ठूलो भ्रष्टाचार भएको प्रश्न उठेपछि उनीमाथि राजीनामाको दबाब भने बढ्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ