एमाले र माओवादीका कार्यकर्ताबीच हरिवनमा झडप, एक जना प्रहरीसहित ३ घाइते

एमाले र माओवादीका कार्यकर्ताबीच हरिवनमा झडप, एक जना प्रहरीसहित ३ घाइते

  • आइतवार, भदौ ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

सर्लाही, ५ भदौ । सर्लाहीको हरिवनमा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको छ । शनिबार राति भएको झडपमा परी एक जना प्रहरीसहित ३ जना घाइते भएका छन् ।

हरिवन माछा बजारमा कौडी उठाउने विषयमा भएको विवादलाई राजनीतिक रंगदिंदा उनीहरुबीच झडप भएको हो । पछिल्लो समय हरिवनमा स–साना विषयलाई पनि राजनीतिक रंगदिंदा बेला बेलामा तनावको स्थिति उत्पन्न भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

झडपमा स्थानीय मनोज बैठा र नुरसबा खातुन घाइते भएका छन् । दुई पक्षबीच कुटाकुट हुँदा घाइते भएका उनीहरुको नमूना अस्पताल हरिवनमा उपचार चलिरहेको छ । त्यस्तै, झडपमा ढुंगा प्रहार हुँदा प्रहरी जवान कासिम मियाँ धोबी पनि घाइते भएका छन् ।

टाउकोमा चोट लागेर घाइते धोबी उपचार पश्चात डिस्चार्ज भइसक्नुभएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो हाटबजार लाग्दा माछा बजारमा कौडीबापत १ सय ५० रुपैयाँ उठाउनुपर्ने ठाउँमा ठेकेदारले २ सय रुपैयाँ उठाएको भन्दै त्यसैबाट विवाद सुरु भएको प्रहरीले जनाएको छ ।

हरिवनको माछा बजार यसअघि एमालेका कार्यकर्ताले ठेक्का लिएकोमा अहिले माओवादी कार्यकर्ताले नयाँ ठेक्का लिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ