भदौ ५ काठमाण्डौँ । नेपाली काँग्रेसका नेता एवं सांसद तथा चिन्तक प्रदीप गिरीको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीले दुखः व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले उनको निधनले स्तव्ध बनाएको ट्वीटरमा उल्लेख गरेकी छन् । राष्ट्रले एक बौद्धिक एवं सिद्धान्तनिष्ठ व्यक्तित्व गुमाएको राष्ट्रपतिले भनेकी छन् ।
हिजो बिहान मेडिसीटी पुगेर राष्ट्रपतिले गिरीको स्वास्थ्य लाभको कामना गरेकी थिईन् ।
यसै गरी प्रधानमन्त्री शेर बहादुर देउवाले पनि ट्वीट गर्दै नेपाली राजनीतिका चिन्तक एवं समाजवादी नेता प्रदीप गिरीको निधनको खबरले स्तव्ध भएको भन्दै देशले सच्चा र असल नेता गुमाएको बताएका छन् ।
स्वर्गीय गिरीको आजै अन्त्यष्टी गरिदैछ । उनको हिजो मेडिसिटी अस्पतालमा उपचार को क्रममा निधन भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline