५ भदौ, काठमाडौं । हिजो निधन भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज काँग्रेस कार्यलय सानेपामा राखिने भएको छ ।
गिरीको शबलाई मेडिसिटीबाट सानेपा पुर्याएर दुईबजे सम्म श्रदाञ्जलीका लागि राखिनेछ ।
अहिले बिहानै भने उनको मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिर छेउमा श्रदाञ्जलीका लागि राखिएको छ । ११ बजेपछि उनको शबलाई सानेपामा पुर्याउने काँग्रेसको तयारी छ ।
पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि गिरिको आजै आर्यघाटमा अन्त्यष्टी गरिनेछ ।
७५ वर्षीय गिरिको उपचारको क्रममा हिजो बेलुका निधन भएको थियो । उनी भारतमा पनि लामो समय उपचार गरेर फर्किएका थिए तर निको हुन सकेनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline