भदौ ३ काठमाण्डौँ । गृहमन्त्री वालकृष्ण खाँणले नागरिकता विधेयकले नेपालको राष्ट्रियता कमजोर नहुने बरु अझ बलियो हुने दावी गरेका छन् ।
राष्ट्रपतिले नेपालीसँग विहे गर्ने विदेशी महिलालाई सात वर्ष पछि मात्रै अंगीकृत नागरिकता दिनु पर्ने जस्ता सुझाव दिए पनि त्यो नसुनी दलहरुले जस्ताको तस्तै विधेयक पुनः पारित गरेका छन् ।
आज काठमाण्डौँमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा बोल्दै मन्त्री खाँडले नेपाली नागरिकता भएका आमावावुका सन्तानलाई नागरिकता दिलाउन यो विधेयक ल्याईएको भन्दै केही दलले गलत प्रचार गरेको बताए ।
७२ सालमा संविधान बनेपनि कानुन बन्न नसक्दा नागरिकता लिन नपाएका युवाहरुलाई नागरिकता दिन लागिएको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline