सुसाईड नोट लेखेर कालापानीकी महिलाले गरिन् आत्महत्या

सुसाईड नोट लेखेर कालापानीकी महिलाले गरिन् आत्महत्या

  • बिहिबार, भदौ २, २०७९
  • डम्मर दत्त भट्ट

  • 20.7K
    SHARES

कञ्चनपुर, २ साउन ।  कञ्चनपुरकी एक महिलाले सुुसाईटी नोट लेखेर आत्महत्या गरेको घटना अहिले चर्किदै छ । घटना रहस्यमयी भएको भन्दै आफन्त र गाँउलेले घटनाको सुक्ष्म अनुसन्धान गर्न माग अघि सारेका छन ।
सेनाका मान्छेसंग प्रेम सम्बन्ध रहेको भन्दै गाँउमा हल्ला चलेपछि घटना भएकाले सेनाका कुन सेनाका मान्छे हुन, उनलाई समेत झिकाएर प्रहरीले अनुसन्धान गर्नुपर्ने स्थानीयको माग छ ।
शुक्लाफाँटा नगरपालिका ७ कालापानीकी २५ बर्षिया शान्ति देवी धामीले गत ३० साउनमा सुसाईटी नोट लेखेर आत्महत्या गरेकी थिईन । उनले गोमती धामी, डबले कुँवर, लोकेश धामी, नाना धामी, बाबु महरा, उमेश भनिने ६ जनाको नाम उल्लेख गरेर आत्महत्या गरेको मृतका जानकीका दाजु हरिसिह महराले बताए । ‘मेरै बहिनी हुन, ६जनाको नाम उख्लेख गरेर आत्महत्या गरेको पाईयो, ‘उनले भने, ‘घटनाले सुक्ष्म तथा गहिरो अनुसन्धान होस, दोषिमाथि कार्बाही गर्नुप¥यो ।’
मृतक जानकीका दाजु हरिसिह महराले सुसाईट नोटमा नाम उल्लेख भए अनुरुप ईंप्रका झलारीमा किटानी दिएको बताए । तर, गाँउलेहरुले मृतक महिलासंग अवैध सम्बन्ध राख्न खोज्ने सेनामाथि समेत छानबिनको माग अघि सारेका छन । सेना निकुञ्जको संरक्षण गर्न आएका हुन, कि कुनै महिलासंग अवैध सम्बन्ध भन्दै गाँउमा सेनाप्रति प्रशन तेस्र्याईरहेका छन । सेनाले समेत यस्ता मार्यादा विपरित काम गर्नेमाथि छानबिन गरेर कार्बाही गर्नुपर्ने स्थानीयको सुझाव छ ।
घटना पेचिलो र रहस्यमयी भएकाले सुसाईट नोटमा उल्लेख भएका मान्छेमाथि मात्रै छानबिन हुन्छ, वा मौखिक आरोपित सेनामाथि समेत छानबिन हुने विषयमा स्थानीयले जिज्ञासा राखेका छन । ईलाका प्रहरी कार्यालय झलारीले घटनाको छानबिन भईरहेको जनएको छ । मृतक पक्षले घटनाको निष्पक्ष, स्वतन्त्र छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । महिला अधिकारकर्मीले समेत शान्तिको मृत्यु प्रकरणबारे सतही रुपमै छानबिनको माग अघि सारेका छन । कञ्चनपुरकी महिला अधिकारकर्मी शारदा चन्दले घटना निन्दनिय भएको बताउँदै घटनाको निष्पक्ष छानबिनको माग अघि सारिन् । उनले महिलालाई मर्न बाध्य गराउनेमाथि कानुनी कार्बाहीमा कुनै कसर बाँकी नराख्नुपर्ने बताईन । ‘घटनामा कुनै राजनीतिक रंग नदिउनु, प्रहरी शक्ति र पैशाको पछि नपरोस, ‘उनले भनिन, ‘निष्पक्ष भएर मात्रै अनुसन्धान अघि बढोस, दोषिलाई छुट, निर्दोषलाई फकाउने काम बन्द गरियोस ।’ अर्की महिला अधिकारकर्मी माया नेगीले घटना दुखत भएको बताउँदै शान्तिलाई आत्महत्या गर्न बाध्य पार्ने सबैमाथि निष्पक्ष छानबिन गरेरदोषि उपर कार्बाही हुनुपर्ने बताईन । उनले घटनाको सतहिमै जानुपर्ने बताईन । किटानी लाई मात्रै आधार बनाउँदा फेरी पनि समाजमा यस्ता घटना घटने भएकाले थप गहन तरिकाबाट अघि बढ्नुपर्ने सुझाव दिईन ।
यस घटनामा समेत दोषिलाई उन्मुक्ति र निर्दोष फसाउने काम भए आन्दोलनको चेतावनी दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी