भदौ २ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी पार्टी हिजोको जस्तो क्रान्तिकारी नभएको स्वीकार गरेका छन् ।
आज रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा पार्टी कार्यलयमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी भित्र स्वार्थ समुहहरुको विकास हुनु, व्यक्तिवाद र स्वार्थको हावी हुनुले पार्टीको क्रान्तिकारी चरित्र कमजोर बनेको बताए ।
तर पनि अहिले भएका सबै पार्टीहरु मध्य राजनीति, विचार र कार्यदिशाका हिशाबले समाजवादी क्रान्तिको आधार निर्माण गर्न सक्ने एक मात्र पार्टी भएको बताए ।
आजको २१ औँ शताव्दीमा नयाँ तरीकाले समाजवादी क्रान्तिको आधार निर्माण गर्ने शक्ति माओवादी भएको र यसलाई सुदृढ बनाएर लैजानु पर्ने बताए ।
उनले वामपन्थी र कम्युनिष्ट पार्टीहरुबीच ध्रुवीकरण गर्दै जाने बारेमा प्रयास भईरहेको पनि बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline