एकीकृत समाजवादी पनि माओवादीसँग एकता गर्ने मुडमा, संयोजन समिति बनाउने जिम्मा अध्यक्ष नेपाललाई

एकीकृत समाजवादी पनि माओवादीसँग एकता गर्ने मुडमा, संयोजन समिति बनाउने जिम्मा अध्यक्ष नेपाललाई

  • बुधबार, भदौ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

भदौ १ काठमाण्डौँ । बाबुराम भट्टराई र वामदेव गौतम माओवादीसँग नजिकिएर सो पार्टीकै चुनाव चिन्हबाट निर्वाचन लड्ने सहमति भएपछि एकीकृत समाजवादी पनि माओवादीसँग एकता गर्ने तयारीमा जुटेको छ ।

सो पार्टीले पार्टी एकताका लागि संयोजन समिति बनाउने जिम्मेवारी पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिएको छ ।

आज बसेको सो पार्टीका पदाधीकारीको बैठकले माओवादी अध्यक्ष प्रचण्डकै प्रस्ताव स्वीकार गर्दै एकता संयोजन समिति बनाउने निर्णय गरेको हो ।
चुनाव अघि संभव नभए पनि चुनाव पछि पार्टी एकता गर्ने तयारीमा दलहरु जुटेका हुन् ।
बैठकले प्रतिनिधि सभाको सिट वाँडफाँट गर्दा अहिले पाँच दलले पाएकै सिटलाई आधार मानेर एमालेले जितेका प्रत्यक्षतर्फका ८१ सिटको भागवण्डा गरेर जानुपर्ने प्रस्ताव अघि बढाउन सुझाव दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ