साउन ३१ काठमाण्डौँ । चीनले जनसंख्या बढाउन नयाँ नीति अघि सारेको छ । आज १७ वटा सरकारी निकायहरुले एकमुष्ट रुपमा जारी गरेको निर्देशिकामा एक भन्दा बढी बच्चा जन्माउनेलाई प्रेरित गर्न घर खरीद, बीमा सुविधा, बच्चाको केयर गर्ने सुविधा, महिलाको रोजगारी सुनिश्चितता, कर छुट जस्ता व्यापक सुविधाको घोषणा गरेको छ ।
चीनमा जनसंख्या बृद्धिदर न्युन भएर जनसंख्या केही वर्ष पछि भारतमा भन्दा कम हुने प्रक्षेपण सार्वजनिक भएपछि चीनले नयाँ नीति ल्याएको हो ।
प्रजननमैत्री समाज निर्माणमा जोड दिँदै चीनले तीन वटा बच्चा जन्माउनेलाई थप प्रोत्साहन दिने भनेको छ । हाल चीनको जनसंख्या एक अर्ब ४० करोड भन्दा बढी रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline