प्रचण्ड बाबुरामको पुनर्मिलनः आज दल दर्ताका लागि सँग सँगै जाँदै

प्रचण्ड बाबुरामको पुनर्मिलनः आज दल दर्ताका लागि सँग सँगै जाँदै

  • मङ्लबार, साउन ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

साउन ३१ काठमाण्डौँ । पछिल्लो बाक्लो संवाद र सहमतिपछि माओवादी अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीचको पुनमिर्लन जस्तै भएको छ । माओवादीकै चुनाव चिन्हबाट निर्वाचनमा होमिने सहमति गरेका डा. बाबुराम भट्टराई आज दल दर्ताका लागि निर्वाचन आयोगमा प्रचण्डसँगै जाने भएका छन् ।

संयुक्त रुपमा निर्वाचन लड्ने निर्णय दुबै पार्टीबाट अनुमोदन भएसँगै आयोग जाने तयारी भएको हो । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको थियो ।

आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दल दर्ताका लागि दिएको समयावधि पनि आजै सकिँदैछ । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ