नागरिकता विधेयक फिर्ता भएको राष्ट्रपतिको पत्र आज संसदमा पेश गरिदै

नागरिकता विधेयक फिर्ता भएको राष्ट्रपतिको पत्र आज संसदमा पेश गरिदै

  • मङ्लबार, साउन ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

साउन ३१ काठमाण्डौँ । नागरिकता विधेयक फिर्ता भएको राष्ट्रपतिको पत्र आज संसदमा पेश गरिदैछ । नागरिकता विधेयकका विभिन्न प्रावधानप्रति असन्तुष्टी जनाउदै राष्ट्रपतिले विधेयक प्रमाणित नगरी संसदमा फिर्ता पठाएकी थिईन् ।
विधेयकमा बिहे गरे लगत्तै विदेशी महिलाले नागरिकता पाईहाल्ने प्रावधान लगायतमा राष्ट्रपतिले असन्तुष्टी जनाएकी छन् ।
अन्य मुलुकमा खास गरी छिमेकी भारतमै पनि विदेशी महिलाले विवाह गरेको सात वर्षपछि मात्रै नागरिकता पाउने प्रावधान छ ।
नेपालमा यो प्रावधान हटाईएकामा चर्को बिरोध हुँदै आएको छ ।

यो विधेयक संसदमा बहुमत रहेका सत्तारुढ दलहरुले पुनः जस्ताको तस्तै पारित गरेर राष्ट्रपतिलाई प्रमाणिकरणका लागि पुनः पठाउने नेताहरुको दावी छ ।
अब संसदमा यो विधेयकमाथि सांसदहरुले शंसोधन समेत हाल्न पाउने छैनन् ।

यस अघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो अध्यादेशका रुपमा यही प्रावधान सहित जारी गर्दा तत्कालै स्वीकृत गरेकी राष्ट्रपतिले विधेयक भने फिर्ता गरेकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ