राष्ट्रपतिले जुन प्रावधान राखिएको अध्यादेश स्वीकृत गरेकी थिईन्, त्यही प्रावधानको विधेयक फिर्ता गरिन

राष्ट्रपतिले जुन प्रावधान राखिएको अध्यादेश स्वीकृत गरेकी थिईन्, त्यही प्रावधानको विधेयक फिर्ता गरिन

  • सोमवार, साउन ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

साउन ३० काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसदमा फिर्ता गरेपछि उनीमाथि सत्तारुढ दलहरुले प्रश्न उठाएका छन् । यो एमालेको राजनीतिक दृष्टिकोणका आधारमा राष्ट्रपतिले निर्णय लिएको ती दलका नेताहरुको सार्वजनिक प्रतिकृया आएको छ ।

राष्ट्रपतिले हिजो साँझ विभिन्न प्रश्न उठाँउदै नागरिकता विधेयक पुनः विचार गर्न भन्दै संसदमा फिर्ता पठाएकी थिईन् ।

यो नागरिकता विधेयकको खास गरी विदेशबाट नेपालीसँग विवाह गरेर आउनासाथ नागरिकता दिने प्रावधानको बिरोध हुँदै आएको छ । विभिन्न दल र समुहहरुले राष्ट्रपतिलाई यो विधेयक प्रमाणित नगर्न सुझाव दिएका थिए ।

तर राष्ट्रपतिले यस्तै प्रावधान राखेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि जारी गरेको अध्यादेश भने प्रमाणित गरेकी थिईन् । त्यो ओली कार्यकालको अध्यादेश र अहिले देउवा कार्यकालको विधेयक हुबहु रहेको छ ।

यसैलाई टेकेर माओवादी, काँग्रेस लगायतका दलका नेताहरुले राष्ट्रपति एमालेबाट निर्वाचित भएका कारण यो विधेयक फिर्ता भएको टिप्पणी गरेका छन् ।

तर जे भए पनि सार्वजनिक रुपमा यो विधेयकमाथि उठेका सार्वजनिक चासोहरुलाई संसदले संवोधन गर्नु पर्ने माग भने बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ