प्रचण्ड र बाबुरामबीच वार्ता, नेसपालाई सत्ता गठबन्धनमा सामेल गर्ने तयारी

प्रचण्ड र बाबुरामबीच वार्ता, नेसपालाई सत्ता गठबन्धनमा सामेल गर्ने तयारी

  • आइतवार, साउन २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

साउन २९ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज पनि वार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच छलफल भएको हो । यस अघि पनि दुई नेताबीच पटक पटक छलफल भएको थियो ।

भट्टराईले आफ्नो पार्टी पनि सत्ता गठबन्धनमा सामेल गरेर निर्वाचनमा जाने प्रस्ताव राखेपछि त्यसप्रति प्रचण्ड सकारात्मक देखिएका छन् ।

भट्टराईले खास गरी माओवादीसँग तालमेल गर्दा मात्रै गोरखामा चुनाव जित्ने संभावना रहेको हुँदा उनी माओवादीकै चुनाव चिन्हबाट समेत निर्वाचनमा जान तयार भएको बुझिएको छ ।

नेसपालाई गठबन्धनमा ल्याउने विषयमा सत्तारुढ गठबन्धनले भोलीको बैठकबाट निर्णय लिनेछ । यस अघि भट्टराईले प्रधानमन्त्री देउवालाई समेत भेटेर गठबन्धनमा सामेल हुने ईच्छा व्यक्त गरेका थिए । त्यतिखेर देउवाले गठबन्धनका नेताहरुसँग सल्लाह गरेर खबर गर्ने बचन दिएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ