२९ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेकोले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए ।
सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताउँदै उनले भने, आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसक्यो । उनले थपे, तपाईंहरुले उपचार गर्दिनुभयो भने हुन्छ । मैले मेरो घरजग्गा बेच्न पनि पाउँदिनँ । किनभने दान गरिसकेको छु ।’
आफु भ्रष्टचार नगर्ने पनि बताए । ओलीले भ्रष्टाचार गरेर अरुलाई खुवाउने काम आफूबाट नहुने बताएका छन् । तर सबै भ्रष्ट छन् भनेर हल्ला चलाइएको उनले गुनासो गरे । सबै भ्रष्ट हुन् भनेर हल्ला चलाउनेहरु नै भ्रष्ट भएको ओलीको भनाइ छ ।
ओलीले भने, ‘जसले आफ्नै प्रपर्टी, सिंगै प्रपर्टी डोनेट गर्छ, अनि उसले भ्रष्टाचार गरेर कलाई खुवाउने रु मसँग छ भने मैले तपाईंलाई खुवाउन सक्छु, छैन भने भ्रष्टाचार गरेर म किन खुवाउँछु रु’
उनले थपे, ‘भ्रष्टाचारी म हुने, खाने अर्को, त्यो म किन गर्छु रु त्यसकारण यो कुरा सम्भव छैन ।’
स्पष्ट दृष्टिकोण नभएका र केही काम गर्न नसक्नेहरुले अरुले राम्रो काम गरेको देखेपछि नकारात्मक हल्ला चलाउने गरेको ओलीको भनाइ छ ।