गठबन्धनले सिट बाँडफाँटलाई के आधार बनाउदैछ ? कति कति सिट पाउलान् ?

गठबन्धनले सिट बाँडफाँटलाई के आधार बनाउदैछ ? कति कति सिट पाउलान् ?

  • शनिबार, साउन २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

साउन २९ काठमाण्डौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी संघ र प्रदेशको निर्वाचनका लागि सिट बाँडफाँटको गृहकार्य जारी राखेको छ । मिलेर जाने पाँच दलका शीर्ष नेताहरुको निर्णय पछि कृष्ण सिटौलाको संयोजकत्वमा बनेको कार्यदलले सिट बाँडफाँटको मोडालिटी तयार गरिरहेको छ । तर यसमा दलहरुको आ आफ्नै दावीका कारण धेरै बिषयहरु मिल्न बाँकी देखिन्छ ।

कार्यदलको बैठकमा ७४ सालमा जितेको सिट सम्बन्धित दललाई यथावत राखेर एमालेले जितेको सिट भागबण्डा गर्ने, ७९ सालको स्थानीय तहमा वडा अध्यक्षले प्राप्त गरेको मतका आधारमा बाँडफाँट गर्ने जस्ता मोडालिटीमा छलफल भईरहेका छन् ।

तर अप्ठ्यारो कहाँ छ भने ७४ सालमा जितेको आधारमा हेर्दा गठबन्धन भित्र सबै भन्दा धेरै सिट माओवादीले जितेको छ प्रत्यक्षमा उसले एमालेसँग तालमेलका कारण ३६ सिट जितेको थियो । नेपाली काँग्रेसको २३ सिट मात्र छ । त्यसरी गर्दा पनि अर्को समस्या के आउने देखिन्छ भने माओवादीले जितेका कतिपय ठाँउहरुमा पनि काँग्रेसका नेताहरु आफ्ना लागि दावी गरिरहेका छन् । जस्तो सिन्धुपालचोक २ मा सभामुख अग्नी सापकोटाले जितेका थिए ७४ मा तर अहिले मोहन बहादुर बस्नेत आफ्नो सिट सुरक्षित नभए चुनाव लडेरै छाड्ने भनिरहेका छन् । यो त उदाहरण मात्रै हो गठबन्धन भित्र यो समस्या अन्य क्षेत्रमा पनि आउने देखिन्छ ।

एकीकृत समाजवादी र जसपालाई कति कति सिट दिने जस्ता कुराहरुले गठबन्धनले भदौ पहिलो साता भित्र सिट बाँडफाँट टुंगो लगाउन सक्छन् त ? यस विषयमा एक कार्यदल सदस्यले विभिन्न मोडालिटी र आधारभूत सहमति गरेर शीर्ष नेतालाई बुझाउने प्रयास भने हुने बताए ।

काँग्रेस भित्रै पार्टीलाई बहुमत आउने गरी सिटको बाँडफाँट हुनु पर्ने बताईरहेका छन् । माओवादी पनि काँग्रेस पहिलो नै भयो भने पनि माओवादी दोस्रो दलका रुपमा उभिन सक्ने गरी काँग्रेसले सहयोग गर्नु पर्ने मनशायमा छन् ।

यदी गठबन्धन भित्र सन्तुलन र सन्तुष्टी कायम भएन भने आशिंक रुपमा अन्य दलहरुसँग मिलेर लड्ने तयारी गरेको एमालेका लागि केही राहत हुनेछ ।

काँग्रेसले प्रत्यक्षमा ८० देखि ९० सिट दावी गरिरहेको छ । जसलाई अन्य घट्टकले पुरै स्वीकार गरेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ