साउन २६ काठमाण्डौँ । माओवादी अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज फेरी छलफल भएको छ । भट्टराईले नयाँ पार्टी गठन गरेपछि फेरी भेटवार्ता भएको हो ।
बिहीबार हात्तीवनस्थित एक घरमा भएको भेटवार्तामा उनीहरूबीच चुनावी मोर्चा बनाएर जाने लगायत विषयमा कुराकानी भएको छ।
बाबुरामले प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच आगामी चुनावबारे मोर्चा बनाएर जाने विषयमा कुराकानी गरेका हुन्।
बाबुरामले समाजवादी पार्टी गठन गरेपछि दलका शीर्ष नेतालाई भेटवार्ता गरिरहेका छन्।
बाबुरामले आफूहरू सत्ता गठबन्धनमै रहन चाहेको र चुनावी गठबन्धन गरेरै जाने बताएका थिए ।
बाबुराम गोरखा २ बाट यसपालि पनि उम्मेदवार हुने तयारी गरिरहेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline