साउन २५ काठमाण्डौँ । नेपालले ताईवानसँग विवाद बढेका बेला एक चीन नीतिप्रति प्रतिवद्धता दोहोर्याएको छ । चीन भ्रमणमा पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज चीनीया समकक्षि वागं यी सँगको भेटवार्तामा नेपाल एक चीन नीतिप्रति स्पष्ट र प्रतिवद्ध रहेको दोहोर्याए ।
चीनीया विदेशमन्त्री यी ले पनि नेपालले एक चीन नीतिप्रति प्रतिवद्धता जनाएकोमा धन्यवाद ज्ञापन गर्दै दुई देशबीचको सम्बन्ध र मित्रता अझ प्रगाढ बनाउने बताएका थिए ।
परराष्ट्र मन्त्रालयले भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको जनाएको छ। दुवै देशका मन्त्रीले नेपाल–चीन सम्बन्धका सबै पक्षको समीक्षा गरेका थिए। ‘दुईमन्त्रीबीच आपसी हित र साझा चासोका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने सहमति भएको छ’ मन्त्रालयले ट्विटमा भनेको छ।
द्विपक्षीय भेटवार्तापछि वाङ्ले खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई ब्यांक्वेट ९रात्री भोज० दिएका छन्। मन्त्री खड्का भोली सान्दोङ्का केही स्थलको भ्रमण गरी अपरान्ह स्वदेश फर्किने कार्यक्रम छ।
२०७८ असारमा देउवा सरकार बनेपछि नेपालका तर्फबाट चीनतर्फ पहिलो उच्चस्तरीय भ्रमण हो। अमेरिकी सभामुख न्यान्सी पेलोसीको गत साता ताइवान भ्रमणपछि चीन र अमेरिकाबीच तनाव चुलिएका बेला मन्त्री खड्काको चीन भ्रमण भएको हो।
चीनले आफ्नो अभिन्न अंग मानिआएको ताइवानमा अमेरिकाको हस्तक्षेप भएको भन्दै ताइवान वरपर सैन्य अभ्यास गरिसकेको छ। चीनले ताइवानमा अमेरिकाको राजनीतिक हस्तक्षेपविरुद्ध लड्न विभिन्न देशसँग समर्थन मागिरहेको अवस्था छ। त्यसलाई विश्वका एक सय देशले समर्थन गरिसकेका छन्, जसमा नेपाल पनि छ। यहीबीच परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण भएको छ।