म चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्छु : प्रचण्ड

म चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्छु : प्रचण्ड

  • बुधबार, साउन २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

साउन २५ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने स्पष्ट गरेका छन् ।

जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले टोकियोमा रहेका नेपाली पत्रकारहरूसँगको कुराकानीमा मंसिर ४ मा हुने निर्वाचनमा आफू चितवन ३ बाटै चुनाव लड्ने बताए ।

उनले आफूलाई विभिन्न जिल्ला रुकुम, गोरखा, धनुषा, सिरहा, कालिकोटबाट चुनाव लड्न प्रस्ताव आए पनि आफूले चितवनबाटै उम्मेदवारी दिने निर्णय गरेको बताए ।

उनले चितवन देशको केन्द्रविन्दुमा भएको भन्दै विकासको तीब्र गतिमा जाने सम्भावना समेत रहेकाले देशभरि सन्देश जाओस् भनेर चितवनलाई महत्व दिएको बताए । ‘मलाई चुनाव लड्नप¥यो भनेर रुकुम, गोरखा, धनुषा, सिरहा, कालिकोटका साथीहरुले भन्नुभएको छ, भित्रैदेखि भन्नुभएको छ । साथीहरुलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास ब्यापक रुपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ । तर साथीहरु सबैलाई धन्यवाद भन्दै म चाहिँ यसपटक चितवनबाटै लड्छु भनेको छु ।’

प्रचण्ड भोली जापानबाट स्वदेश फर्कदैछन् । जापानमा रहँदा उनले नेपालीहरुले आयोजना गरेको विभिन्न कार्यक्रममा भाग लिनुका साथै एटम बमले ध्वस्त भएको हिरोसीमाको अवलोकन गरेका थिए ।
त्यसै गरी जापानको सत्तारुढ लिवरल पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ