प्रचण्डको बढ्दो विदेश भ्रमण, जापानबाट फर्किएपछि चीन जाने

प्रचण्डको बढ्दो विदेश भ्रमण, जापानबाट फर्किएपछि चीन जाने

  • मङ्लबार, साउन २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

साउन २४ काठमाण्डौँ । यति खेर सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्षको विदेश भ्रमण बाक्लो छ । उनलाई विदेशका विभिन्न राजनीतिक दलहरुले न्यानो आतिथ्यता पनि दिईरहेका छन् ।
साउन पहिलो साता भारत भ्रमणमा गएका उनले भारतीय विदेश मन्त्रालय र भाजपाका शीर्ष नेताहरुसँग छलफल गरेर दुई देश र पार्टीहरुका बीचमा राजनीतिक सम्बन्धका बारे छलफल गरी स्वदेश फर्किए ।

त्यस पछि उनी हाल जापान भ्रमणमा छन् । प्रवासी नेपालीहरुकै आयोजनामा उनी त्याहाँ पुगेका भए पनि जापानको सत्तारुढ दल लिवरल पार्टीका शीर्ष नेताहरुले उनलाई महत्वका साथ भेटघाट गरेका छन् ।
उनी जापानबाट विहिबार स्वदेश फर्कने छन् ।

त्यसपछि भदौमा उनी चीनीया कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन जान लागेका छन् ।
दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका राजनीतिक पार्टीहरुको सम्मेलनमा भाग लिन प्रचण्ड चीन जान लागेका हुन्। सम्मेलन भदौ अन्तिम साताका लागि तय भएको छ।
अहिले देखि नै अब अन्तिम पटक प्रधानमन्त्री भएर देशका लागि सम्झन लायक काम गर्ने भन्दै आएका प्रचण्डलाई महत्वका साथ चीन र भारतका नेताहरुले पनि निम्तो दिएका छन् ।
एक महिना अघि नेपाल भ्रमणमा आएको चीनीया कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले उनलाई भ्रमणको निम्तो दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ