परराष्ट्रमन्त्री डा. खड्का आज चीन भ्रमणमा जाने

परराष्ट्रमन्त्री डा. खड्का आज चीन भ्रमणमा जाने

  • मङ्लबार, साउन २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

साउन २४ काठमाण्डौँ । ताईवान मामिलामा तनाव बढीरहेका बेला परराष्ट्रमन्त्री डा. नारायण खड्काले आजदेखि चीन भ्रमण गर्ने भएका छन् ।

मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन् ।

उनले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ ।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि पहिलोपटक चीनमा उच्च स्तरीय नेपालको भ्रमण हुन लागेको हो । तर्फ उच्च तहको भ्रमण हुन लागेको हो ।
यस भ्रमणबाट नेपालले छिमेकी प्राथमिकतामा पर्ने संकेत गर्न खोजेको छ ।
यो भ्रमणमा चीनीया राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा भएका सम्झौताको कार्यन्वयन, बिआरआईमा नेपालको सहभागिताको बिषय, आपसी सहयोग र सम्बन्ध सुधारका बिषयमा केन्द्रीत भएर छलफल हुनेछ ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले परराष्ट्रमन्त्रीको चीन भ्रमणका दौरान दुई मुलुकबीचका विद्यमान विषयमा छलफल हुने बताए ।
नेपालमा पछिल्लो समय अमेरीकी गतिविधि बढीरहँदा चीनले चासो दिँदै आएको थियो । अहिले चीनको अमेरीकासँग गंभीर विवाद बढीरहेका बेला नेपालबाट चीन भ्रमण हुनुलाई चीनले सकारात्मक सन्देशको रुपमा लिएको देखिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ