गठबन्धनभित्र सिट बाँडफाँटको मोडलबारे छलफल शुरुः पहिला जुन दलले जितेको छ छाडेर एमालेले जितेका क्षेत्रमा बाँडफाँट गर्ने संभावना

गठबन्धनभित्र सिट बाँडफाँटको मोडलबारे छलफल शुरुः पहिला जुन दलले जितेको छ छाडेर एमालेले जितेका क्षेत्रमा बाँडफाँट गर्ने संभावना

  • सोमवार, साउन २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, २३ साउन ।

सत्तारुढ दलको सिट बाँडभाँड सम्बन्धी गठित कार्यदलको पहिलो बैठक सकिएको छ । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको पहिलो बैठक सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । बैठकले कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई तोकेको छ ।

बैठकमा सिटबाँडफाँडबारे सामान्य छलफल भएको छ । स्थानीय तहमा जस्तै पहिले जितेका क्षेत्रमा सोही पार्टीले लिने निर्णय गरिएको एक नेताले बताए । ुकांग्रेसले जितेको क्षेत्र कांग्रेसले नै लिने, माओवादीले पहिला जितेको माओवादीले नै लिने, नेकपा एस र जसपाको हकमा पनि यही नियम लागु हुनेछ ।
एमालेले जितेको क्षेत्र भने बाँड्ने सहमति भएको छ, स्रोतले भन्यो ।

एमालेले जितेको बाँडफाँड गर्दा सबैभन्दा धेरै कांग्रेसले लिने, यसो हुँदा कांग्रेस जम्माजम्मी ७० देखि ८० भित्र सिमित रहनुपर्ने निर्णय गरिएको छ । तर, कांग्रेस भने आफू ८० देखि ९० सिट पाउनुपर्नेमा अडिग रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ