काँग्रेस भित्र एकल बहुमत आउने गरी तालमेल गर्न सुझाव, तालमेल भए देशैभरी गर्नु पर्ने माग

काँग्रेस भित्र एकल बहुमत आउने गरी तालमेल गर्न सुझाव, तालमेल भए देशैभरी गर्नु पर्ने माग

  • सोमवार, साउन २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

साउन २३ काठमाण्डौँ । नेपाली काँग्रेस भित्र गठबन्धन कायम राखेर निर्वाचनमा तालमेल गर्दा पार्टीको बहुमत आउने गरी सिट बाँडफाट हुनु पर्ने माग नेताहरुले गरेका छन् ।
आज गठबन्धनको कार्यदलको बैठक बस्नु अघि काँग्रेसले गरेको आन्तरीक परामर्शमा गठबन्धन गर्दा देशव्यापी गर्नु पर्ने र स्वभाविक हुने खालको गर्नु पर्ने बोल्ने नेताहरुले सुझाएका थिए ।

यद्यपि, सभापति देउवाले भने यस विषयमा ठोस जवाफ नदिएको एक नेताले बताए । देउवा जसरी पनि गठबन्धन कायम राखेर चुनावमा जान प्रतिवद्ध रहेका छन् ।
नेताहरुको यस्तो सुझाव आए पनि देउवाले तलमाथि गरेर तालमेल गर्ने निर्णय लिन सक्ने छन् ।

आजै अपरान्ह तीन बजे वालुवाटारमा पाँच दलीय कार्यदलले सिट बाँडफाँटको बारेमा छलफल प्रारम्भ गर्दैछ ।
यसैबीच काँग्रेसले आगामी ३० र ३१ साउनमा देशभरका पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । आजको बैठकले यो प्रशिक्षणको मिति तय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ